स्यानफ्रान्सिस्को । संयुक्त राष्ट्रसंघले हरेक वर्ष अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) को रूपमा मनाउने घोषणा गरेसंगै सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासले आइतवार १२ अप्रिलमा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस कार्यक्रम भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालको पहलमा संयुक्त राष्ट्रसंघको महासभाले मिति १० मार्च २०२६ मा एक पहरेक वर्ष अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) को रूपमा मनाउने घोषणा हो ।
सो कार्यक्रम नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया (NANC) र जीवन विज्ञान(युसएसँगको सहकार्यमा आयोजना गरिएको महावाणिज्यदूतावासद्वारा जारी गरिएको विज्ञाप्तिमा जनाइएको छ ।
कार्यक्रममा रिचमण्ड सिटीका मेयर Eduardo Martinez प्रमुख अतिथि तथा हर्कुलिस सिटीका काउन्सिल सदस्य डिल्ली भट्टराई विशेष अतिथिको रूपमा उपस्थित भएका थिए ।
महावाणिज्यदूत खनालले संयुक्त राष्ट्रसंघ महासभाबाट अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गराउने सम्बन्धमा नेपालले लिएको पहलकदमी एवम् सो सन्दर्भमा जीवन विज्ञान लगायतका संस्थाहरूले पुर्याएको योगदानको स्मरण गर्दै आरोग्यतालाई केवल रोग देखा नपर्नुको अवस्था (not a mere absence of illness) का रूपमा मात्र नबुझी एकजना व्यक्ति शारिरीक, मानसिक,भवनात्मक, आध्यात्मिक, सामाजिक तथा वातावरणीय हिसाबले सार्वङ्गिण सुस्थिती (holistic well-being) मा रहने अवस्थाको रूपमा बुझ्नुपर्ने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा महावाणिज्यदूत खनालले नेपाल परापूर्वकालदेखि नै योग, ध्यान, आयुर्वेद तथा प्राकृतिक चिकित्सा सिद्धभूमिको रूपमा रहिआएकोले नेपालले आरोग्यता आवधारणालाई सही अर्थमा प्रतिनिधित्व तथा न्याय गर्नसक्ने हुंदा नेपाललाई विश्व आरोग्य केन्द्र (global wellness hub) का रूपमा विकास तथा प्रवर्द्धन गर्न यस पहलकदमी महत्त्वपूर्ण रहने वताए ।
नेपालको पहल एवम् प्रस्तावमा संयुक्त राष्ट्रसंघ महासभाबाट अन्तर्राष्ट्रिय आरोग्य दिवसको घोषणा भएको अवसरलाई सदुपयोग गर्दै नेपालमा आरोग्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकारले सन् २०२७ लाई Nepal Wellness Year को रूपमा मनाउने घोषणा गरेको जानकारी दिंदै खनालले भने-‘नेपाली डायस्पोराले नेपाललाई विश्व आरोग्य केन्द्रको रूपमा विकास तथा प्रवर्द्धन गर्ने कार्यमा आ-आफ्नो स्थानबाट सक्दो पहल तथा प्रयत्न गर्नुपर्छ’ ।
प्रमुख अतिथि मेयर Eduardo Martinez ले आफ्नो रिचमण्ड सिटीको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा नेपाली समुदायले पुर्याएको योगदानको सम्मानपूर्वक कदर गर्दै नेपाली नयाँ वर्षको संयोग पारेर अप्रिल १४ तारिखलाई रिचमण्ड सिटीले नेपाल डे को रूपमा मनाउने निर्णय गरेको घोषणापत्र वाचन गरे । उनले उक्त पत्र (Letter of Proclamation) महावाणिज्यदूत श्री खनालको उपस्थितिमा नेपाली समुदायको प्रतिनिधिका रूपमा नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया (NANC) का अध्यक्ष श्री प्रितेश कार्कीलाई हस्तान्तरण समेत गरेका थिए । कार्यक्रममा रिचमण्ड सिटीका मेयर Eduardo Martinez प्रमुख अतिथि तथा हर्कुलिस सिटीका काउन्सिल सदस्य डिल्ली भट्टराई विशेष अतिथिको रूपमा उपस्थित भएका थिए ।
त्यसैगरी कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष पूर्ण बानिया, गैरआवासीय नेपाली संघ-क्यालिफोर्निया च्याप्टरका अध्यक्ष केपी ढकाल, नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया (NANC) का अध्यक्ष प्रितेश कार्की, जीवन विज्ञान(युसए लगायत बे एरियामा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, प्राध्यापक, चिकित्सक,समाजसेवी, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरू गरी एक सयभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।
नेपाल र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानबाट शुरू गरिएको कार्यक्रममा औपचारिक मन्तव्य, योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञहरूको प्रस्तुतिकरण लगायत सहभागिहरूका लागि योग अभ्यास, ध्यान, प्राणायम र ध्वनी चिकित्सा सत्रहरू सञ्चालन गरिएका थिए ।
पछिल्लो समयमा महावाणिज्यदूतावासले सान फ्रान्सिस्को बे एरिया तथा आसपासको क्षेत्र लगायत महावाणिज्यदूतावासको क्षेत्राधिकारका राज्यहरूमा रहको नेपाली डायस्पोरालाई आफू बसोबास गर्ने शहरको सिटी काउन्सिलबाट नेपाली नयाँ वर्षलाई आधिकारिक मान्यता दिलाउने तर्फ आवश्यक पहल तथा पैरवी गर्न सुझाउँदै आएको छ । हालसम्म सान फ्रान्सिस्को, रिचमण्ड सिटी र हर्कुलिस सिटीले नेपाली नयाँ वर्षको रूपमा १४ अप्रिललाई आधिकारिक मान्यता प्रदान गरिसकेका छन् ।









प्रतिक्रिया लेख्नुहोस्:-