Monday, July 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विज्ञानको अनुसन्धान र प्रवद्र्धनमा राष्ट्रहरुको सहभागितामा

फाल्गुन २७, २०७४ ११:१६ मा प्रकाशित
Share on FacebookShare on Twitter

चितवन, २७ फागुन / सीपको आदानप्रदान गर्दै अनुसन्धानलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय रासायनिक वैज्ञानिक सम्मेलन शनिबार साँझ सातबुँदे सौराहा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको संयुक्त आयोजनामा भएको तीनदिने सम्मेलनले नेपालका वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अनुसन्धानकर्तासँग समन्वय गरी वैदेशिक तवरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

घोषणापत्रमा विज्ञानको अनुसन्धान तथा प्रवद्र्धनमा राष्ट्रहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ । त्यसैगरी विकसित राष्ट्रमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित विकासोन्मुख देशका वैज्ञानिकलाई सहभागी हुन अन्तर्राष्ट्रिय संस्थाबाट सहयोगको माग गर्ने जनाइएको छ । अर्काे सम्मेलन सन् २०१९ मा काठमाडौँमा गरिने बताइएको छ । अनुसन्धान सँगसँगै पर्यटन क्षेत्रलाई पनि विकास गर्दै वातावरणमैत्री जीवनका लागि अनुसन्धानको भूमिका अपरिहार्य गराउने घोषणापत्रमा उल्लेख छ ।
सन् २०१८ नोभेम्बरमा एशियन पोलिमर एशोसिएसनसँग मिलेर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र एशियन केमिकल सोसाइटी महासंघद्वारा नेपालमा एशियन केमिकल सम्मेलन गर्ने पनि जनाइएको छ ।
नेपाल केमिकल सोसाइटीका सदस्य प्रा डा अमरप्रसाद यादवले सम्मेलनमा रसायन र वातावरण, रसायन र जीव विज्ञानको भूमिका, वैकल्पिक ऊर्जा, जडीबुटीबाट औषधि उत्पादनलगायत विषयमा १३ देशका ८० र नेपालका १०० वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरेको बताउनुभयो । नेपाल केमिकल सोसाइटीका सदस्य मनोज विष्टले चितवनमा भएको सम्मेलन आउँदा दिनका लागि अनुसन्धानका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास सहभागीले व्यक्त गरेको बताउनुभयो ।

विदेशबाट १०० जनाभन्दा बढी वैज्ञानिकको कार्यक्रममा सहभागिता थियो । सहभागी विदेशी वैज्ञानिकलाई चितवन, लुम्बिनी, पोखरा र काठमाडौँका पर्यटकीयस्थलको भ्रमण गराइएको थियो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result