Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुख्यमन्त्री पोखरेललाई प्रदेशसभामा सुविधाजनक बहुमत

फाल्गुन २७, २०७४ १:१० मा प्रकाशित
मुख्यमन्त्री पोखरेललाई प्रदेशसभामा सुविधाजनक बहुमत

k|b]z–% sf] k|b]z;ef a}7s a'6jndf cfOtaf/ a;]sf] k|b]z–% sf] k|b]z;ef a}7sdf ljZjf;sf] dt k|fKt ug'{cl3 ;Daf]wg ug'{x'Fb} d'VodGqL ;+s/ kf]v/]n . t:jL/ M e/t s];L, a'6jn, /f;;

Share on FacebookShare on Twitter

बुटवल, २७ फागुन / प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा ५ को आज बसेको पाँचौँ बैठकमा मुख्यमन्त्री पोखरेलले मत विभाजनबाट प्राप्त मतका आधारमा सुविधाजनक मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभाका मत विभाजनमा ८४ जना सदस्यमध्ये उहाँको पक्षमा ६६ मत परेको र यस्तै विपक्षमा प्रतिपक्षी दल नेपाली काँग्रेसका १८ जनाले मतदान परेको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभएको थियो । उहाँलाई सत्तारुढ एमाले र (माओवादी केन्द्र)सँगै राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरमले पोखरेललाई समर्थन गरेका छन् ।

प्रदेशसभाको आगामी बैठक चैत ४ गते बस्नेछ ।

यसअघि प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले आफूलाई विश्वासको मत माग्दै प्रदेशलाई आफ्नो नेतृत्वको सरकारले समृद्ध बनाउने खाका प्रस्तुत गर्नुभएको थियो ।

उहाँले योजनाबद्ध पहल र सक्रियताका माध्यमबाट लक्ष्य हासिल गर्नुपर्ने बताउँदै भन्नुभयो, “हाम्रा लागि चुनौतीबाट भाग्ने सुविधा छैन । आउनुहोस् हामी सबै मिलेर चुनौतीलाई अवसरमा बदल्ने र हाम्रो प्रदेशलाई समृद्ध र नमूना प्रदेश बनाउने अठोट गरौँ ।”

सुखी र समृद्ध प्रदेशको आफ्नो नेतृत्वको सरकारको मुख्य संकल्प रहेको बताउँदै यो लक्ष्यमा नपुगी नरोकिने स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशका १२ जिल्लाको विकासका लागि अशिक्षा, गरिबी र पछौटेपनलाई मुख्य चुनौतीका रुपमा स्वीकार गर्नुभएको छ । उहाँले मुलुकमा अब राजनीतिक अधिकारको लडाईं सकिएको र विकास र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्ने बेला आएको बताउँदै भन्नुभयो, “हामी अब अधिकारको राजनीति गरेर समय फाल्ने अवस्थामा होइन, राजनीतिक दल र नागरिक समाजको साथ लिएर यो प्रदेशलाई समृद्ध बनाउनका लागि योजना लिएर अघि बढ्नेछौँ ।”

मुख्यमन्त्री पोखरेलले विश्वासको मतका लागि बैठकमा मत माग्नुहुँदा उहाँलाई माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्य तीलकराम शर्माले समर्थन गर्नुभएको थियो ।

बैठकमा प्रदेशसभा सदस्यले उठाएका विषयको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकास र सुशासनमा सबै पक्षसँग मिलेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले प्रदेशको सुरक्षा अवस्थाका बारेमा उठेका विषयमा जवाफ दिँदै प्रदेश तहमा सुरक्षा समिति बनाएर केन्द्रीय सरकारसँगको समन्वयमा सुरक्षा योजना बनाइने बताउनुभयो ।

उहाँले प्रदेशको स्थायी केन्द्र तोक्ने विषयमा विपक्षी दलको संसदीय दलको नेता चयनको ढिलाइले काम अगाडि बढाउन नसकिएको बताउँदै स्थायी राजधानी तोक्ने विषय प्रदेशसभाको अधिकारको विषय भए पनि सहमतिमा टुंगो लगाइने स्पष्ट पार्नुभयो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result