दूरबिन नेपाल संवाददाता
अमेरिका, मार्च ११
नेपाली चार्टर्ड एकाउन्टेन्ट्हरुले अब अष्ट्रेलियमा पनि मान्यता पाएका छन् । नेपालमा चार्टर्ट एकाउन्टेन्ट् भइसकेकाहरुले अष्ट्रेलियाको सत प्रतिशत परिक्षा उतिर्ण गर्नुपर्ने र तीन वर्षे तालीम लिनुपर्ने प्रावधान अब हटेको छ । नेपाली चार्टर्ड एकाउन्टेन्ट्हरुले फाईनान्सियल एकाउन्टीङ एण्ड रिपोर्टिङको मात्र परिक्षा उतिर्ण गरेपछी अष्ट्रेलियामा पेशागत अभ्यास गर्न पाउनेछन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (आईक्यान) र अष्ट्रेलिया तथा न्यूजिल्यान्ड चार्टर्ड एकाउन्टेन्ट्स संस्था (सिए एन्जी) बिच समझदारीमा हस्ताक्षर भएपछि नेपालीका लागि कानुनी मान्यता खुकुलो भएको हो । पहिला अष्ट्रेलियामै गएर अध्ययन गरी परिक्षा र तालीम लिनुपर्ने अवस्थाको अन्त्य भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (आईक्यान)का अध्यक्ष प्रकाशजंग थापाले बताए । ‘उक्त एक बिषयको परिक्षा पनि नेपाल वा अन्य देशमा बसेर पनि परीक्षा दिन सकिनेछ’ अष्ट्रेलियमा एक कार्यक्रमका बिच समझदारी पत्रमा हस्ताक्षरपछी अध्यक्ष थापाले दूरबिन नेपालसँगको सम्पर्कमा जानकारी दिए ।
यो समझदारीले दुवै संस्थाका सदस्यहरु एक अर्को देशका संस्थाको सदस्य बन्न पाउनेछन् ।
सममझदारीपत्रमा आईक्यानका अध्यक्ष थापा तथा सिए एन्जीका कार्यकारी अधिकृत रिक इलिसले हस्ताक्षर गरेका हुन् । सो अवसरमा सिए एन्जीका अध्यक्ष जेन स्टेटन नि सहभागी थिए । त्यस्तै अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका नेपालका महावाणिज्यदूत दीपक खड्का तथा आईक्यानका पार्षद तथा सदस्य, अष्ट्रेलियन तथा नेपाली व्यवसायिको सहभागिता थियो र।
अष्ट्रेलियमा आईक्यानका सदस्यता लिएका ८० नेपाली चार्टर्ड एकाउन्टेन्ट्हरु कार्यरत छन् । सिए एन्जी अष्ट्रेलिया र न्यूजील्याण्डको संयुक्त व्यवसायिक संस्था हो । यसका १ लाख २० हजार चार्टर्ड एकाउन्टेन्ट् सदस्यहरु बिभिन्न देशमा पेशागत अभ्यासमा सकृय रहेको ति संस्थाहरुले जनाएका छन् ।
अष्ट्रेलियामा आईक्यान च्याप्टर
यसैबिच नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (आईक्यान)को अष्ट्रेलिया च्याप्टर स्थापना भएको छ । अष्ट्रेलियामा कार्यरत नेपाली चार्टर्ड एकाउन्टेन्ट्हरु आबद्ध गराई स्थापना गरिएको यो आइक्यानको पहिलो वैदेशिक च्याप्टर बनेको छ ।
तस्वीरः नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (आईक्यान) अध्यक्ष प्रकाशजंगा थापा (बायाँ) र अष्ट्रेलिया तथा न्यूजिल्यान्ड चार्टर्ड एकाउन्टेन्ट्स संस्था सिए एन्जीका अध्यक्ष जेन स्टेटन समझदारी पत्रमा हस्ताक्षरपछी हात मिलाउँदै । तस्वीर सौजन्यः आइक्यान






प्रतिक्रिया लेख्नुहोस्:-