Wednesday, May 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिँचाइ सुविधा भएपछि बाहै्र महिना खेती

चैत्र १, २०७४ ११:३८ मा प्रकाशित
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, १ चैत / मालिका गाउँपालिका–६ दुखुबेसीका गंगे रोकाले कात्तिकको अन्तिम साता खेतमा लगाएको गहुँ भित्र्याएर यसै साता मकै रोप्नुभयो । विगतका वर्षमा आकाशे पानीको भरमा हिउँद र बर्खा याममा दुई बाली लगाउने गरेका रोकाले यसपालि सिँचाइ सुविधा भएपछि खेतमा तीन बाली लगाउन पाउनुभएको हो ।

रोका मात्र होइन दुखुबेसीका करिब दुई सय घरधुरी असोजदेखि आकाशे वर्षा नभएपछि जिल्लाका अन्य ठाउँका कृषकलाई जस्तो कसरी खेतीबाली लगाउने भन्ने चिन्ताबाट मुक्त भएका छन् । सिँचाइ विकास सव डिभिजन कार्यालय म्याग्दीले दुखुखोला सिँचाइ आयोजना निर्माण गरेपछि दुखुबेसीको खेतबारीमा बाह्रै महिना नियमित सिँचाइ सुविधा पुगेको हो ।

आयोजनामार्फत दुई सयभन्दा बढी घरधुरीको २५ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पुनले बताउनुभयो । यसअघि कच्ची नहरबाट पानी ल्याउँदा पानी चुहिएर सिँचाइ गर्न पालो लगाउनुपर्ने समस्या थियो ।

नहर निर्माण भएपछि पानी लगाउनका लागि हुने विवाद हटेको छ । फलफूल र तरकारीको व्यावसायिक खेती गरेर आम्दानी गर्ने वातावरण बनेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । ठेक्कामार्फत गत आवदेखि निर्माण शुरु भएको आयोजना लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको छ ।

आगामी असार महिनासम्ममा आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले माघमै काम सकेको सवडिभिजन प्रमुख इन्जिनियर दिनेश आचार्यले बताउनुभयो । समुदायको सहयोग, निर्माण व्यवसायीको सक्रियता र कार्यालयको समन्वयका कारण लक्ष्य अघि नै काम सकिएको उहाँको भनाइ छ ।

उक्त आयोजनामार्फत ७६५ मिटर नहर निर्माण गर्नका लागि रामकृष्ण कन्सट्रक्सनसँग रु ३० लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । मुख्य नहर बने पनि शाखा नहर र पाइप लाइन विस्तारको आवश्यकता देखिएको दुखुबेसीका कृषकले बताएका छन् ।

आचार्यले उपभोक्ता समितिमार्फत शाखा लाइन विस्तार गर्ने योजना बनाए पनि यस वर्ष बजेट कटौतीका कारण समस्या भएको बताउनुभयो । उपभोक्ता समितिमार्फत रु १२ लाखको काम गर्ने योजना बनाइए पनि बजेट नआएपछि स्थगित गरिएको उहाँको भनाइ छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result