Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दृष्टिविहीन दम्पतीका दुःख : ‘न सन्तति, न त सहारा’

चैत्र २, २०७४ ३:३६ मा प्रकाशित
दृष्टिविहीन दम्पतीका दुःख : ‘न सन्तति, न त सहारा’

;xf/f gePsf b[li6ljxLg bDktL cefj / ;+3if{l;t h'Wb}ubf{ slxn]sfxLF l5d]sLsf] ;xof]u kfPsf s~rgk'/ z'SnfkmfF6f gu/kflnsf–!! sn'jfk'/sf lgM;Gtfg b[li6ljxLg bDktL %@ jifL{o /fdf /fgf / %) jifL{of ;'bfdf /fgf ufpFn] . t:jL/ M z]/axfb'/ l;+x, eLdbQgu/, /f;;

Share on FacebookShare on Twitter

भीमदत्तनगर, २ चैत / कल्पना गर्नुहोस्, एउटा दृष्टिविहीन दम्पतीको दिनचर्या कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ, कष्टकर, अभाव र अँध्यारो संसारमा संघर्षरत ।

सहयात्राको अढाइ दशकदेखि यस्तै अभाव र संघर्षसित जुध्दै आउनुभएका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका दृष्टिविहीन दम्पती ५२ वर्षीय रामा राना र ५० वर्षीया सुदामा राना गाउँले र छिमेकीको सहयोगले दिन काटिरहेका छन् ।

आर्थिक अवस्था निकै कमजोर भएका दृष्टिविहीन रामा रानाले २०५२ सालमा पुनर्वास नगरपालिकाकी सुदामासित मागी विवाह गरेका थिए । “दुवै दृष्टिविहीन छौँ,” रामा रानाले भन्नुभयो, “जिन्दगीमा न सन्तति भए, न त सहारानै मिल्यो ।” सहोदर चार दाजुभाइ भए पनि अलग अलग भइसकेको उहाँले बताउनुभयो । आँखा नदेखे पनि सुदामाको काम भने कुनै सपाङ्गको भन्दा कम छैन । पचास वर्षीया सुदामाकै सक्रियताले दिन धकेलिरहेको उहाँको भनाइ छ ।

“दृष्टिविहीन सुदामा (श्रीमती) घरमा खाना पकाउनेदेखि सरसफाइसम्मको सबै काम गर्न सक्छिन्,” रामाले भन्नुभयो, “मेरो हरेक पाइलामा श्रीमतीको साथ छ ।” आफूसित भएको छ धुर जमिनमा घर बनाएर बसेका दृष्टिविहीन दम्पतीलाई छिमेकीले भने राम्रै सहयोग गर्ने गरेका छन् । “घरमा सरसामान सकिँदा पनि छिमेकीले ल्याइदिन्छन्,” सुदामाले भन्नुभयो, “अपाङ्ग भत्ताले सामान्य खर्च टरेको छ ।” “आँखा नदेखे पनि घरको सबैतिर के कहाँ छ भनेर छामेरै थाहा पाइरहेका हुन्छौँ,” उहाँले भन्नुभयो, “आगन्तुकहरु बोलाउन प्रायः टेलिफोनसमेत गर्छन् ।”

मोबाइल समेत चलाइरहनुभएकी सुदामाले मोबाइलकै नम्बर थिचेर समय थाहा पाउने गरेको बताउनुभयो । “मोबाइलमा फोन आउँदा पनि उठाउँछु,” नोकियाको मोबाइल सेट देखाउँदै सुदामाले भन्नुभयो, “अहिले बुढा सुगरको बिरामी परेकाले समस्या बल्झिएको छ ।”

थारु समुदायमा झण्डै चार दशकदेखि वैद्यको काम गर्दै आएका रामा रानाले समुदायको भलमन्साले तोकेको जिम्मेवारी बहन गर्दै आउनुभएको छ । “भलमन्साले मलाई तीन वटा गाउँको वैद्यको काम दिएका छन्,” रामाले भन्नुभयो, “सोही काम गरेवापत प्रतिपरिवार साढे ३७ किलो धान वर्षेनी पाउने गरेको छु ।” आफूले गर्दै आएको सामान्य झारफुकले निको हुने गरेको भन्दै समुदायका नागरिक आफूकहाँ लामो समयदेखि आइरहेको उहाँको भनाइ छ ।

पछिल्लो समय कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको चवन्नी गाउँ, कृष्णपुर नगरपालिकाको बण्ड र वाणी गाउँमा रहेको थारु बस्तीको जिम्मेवारी आफूलाई रहेको रानाको भनाइ छ । केही वर्षयता वैद्यभन्दा पनि औषधि उपचारमा जानुलाई उहाँ सकारात्मक रुपमा लिनुहुन्छ ।

“धामीझाँक्री भन्दै अनावश्यक कुरामा जान्ने हुनु राम्रो हुँदैन,” उहाँले भन्नुभयो, “भूतप्रेत निको पार्ने काम भए ठिकै हो ।” कैलाली–कञ्चनपुरका विभिन्न राना थारु बस्ती पुगिसकेका दृष्टिविहीन राना दम्पतीले सरकारसित अपाङ्ग भत्ता वृद्धिसँगै रासन कार्ड हुनुपर्ने माग गर्नुभयो ।

“रासन कार्ड भए हामीलाई खाद्यान्नको समस्या हल हुन्थ्यो कि,” रामाले भन्नुभयो, “सरकारले दिएको भत्ता पनि थोरै भयो ।” छडीको सहारामा टाढा–टाढासम्म पुग्ने गरेका राना दम्पती गाउँमा हिँडडुल भने सहजै गर्छन् । मुलुकमै कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायमा पछिल्लो समय परम्परागत विभिन्नखाले धार्मिक मान्यता लोप हुँदै गइरहेको रानाको भनाइ छ ।

केही समययता झलारी बजारलगायतका स्थानीय शहरमा समेत मागेर जीविकोपार्जन गरिरहेको बताउँदै रानाले शुक्लाफाँटा नगरपालिका कार्यालयबाट पनि रु एक हजार सहयोग प्राप्त भएको बताउनुभयो । “मेयर सा’पसित मेरो पुरानै चिनजान हो,” रानाले भन्नुभयो, “सहयोग मागे मेयर सा’प खाली हात फर्काउनुहुन्न ।”रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result