Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार प्रविधि कार्यशाला गोष्ठी

चैत्र ३, २०७४ १:१० मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ चैत/ अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि विषयक दुई दिने उच्चस्तरीय कार्यशाला गोष्ठी यहाँ सम्पन्न भएको छ ।

यही चैत २ र ३ गते सम्पन्न कार्यशालामा श्रीलंका, भारत, म्यानमार तथा नेपालका सूचना प्रविधि तथा अपांगतासम्बन्धी विज्ञहरुका साथमा अपांगता क्षेत्रका ४० भन्दा बढी नेतृत्वकर्ताको उपस्थिति थियो ।

कार्यक्रममा लर्न एसियाका संस्थापक अध्यक्ष रोहन समरजिवाले सूचना प्रविधिमा पहुँच र समावेशीताका लागि सम्बन्धित सरोकारवालाको सहभागितामा विकास गरिएको प्रविधिले मात्र समस्याको समाधानमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सूचनाप्रविधिको जमानामा कुनै पनि अपांगतालाई समस्या नपर्ने अवस्था भएको भन्दै प्रख्यात वैज्ञानिक स्टिफन हकिङ्सको उदाहरण दिँदै उनको योगदान सवैले प्रयोग गर्न सकेको दाबी गर्नुभयो ।

कार्यक्रममा अपाङ्गताका लागि महिला समूहकी कार्यकारी निर्देशक सुस्मिरा अर्यालले अपांगता भएका व्यक्तिका लागि सूचनाप्रविधिको महत्व सांग व्यक्तिका लागि भन्दा अझ बढी भएको भन्दै आफू स्वयं मनोसामाजिक अपांगता रहेकाले त्यसको प्रत्यक्ष अनुभूत भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका पूर्वअध्यक्ष डा वीरेन्द्रराज पोखरेलले समावेशी र पहुँचयोग्य सूचना प्रविधिमा नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र कार्यान्वयनको अवस्थाबारे प्रष्ट पार्नुभएको थियो ।

अन्तर्राष्ट्रिय दूरसंचार संघको विज्ञसमेत रहनुभएकी निर्मिता नरसिंहाले सूचना प्रविधिमा पहुँचबारे प्रकाश पार्नुभएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सूचना तथा प्रविधिको विकाससँगै अपाङ्गता भएका व्यक्तिका लागि यसको प्रयोगलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले नेपालमा अपाङ्गता भएका व्यक्तिको सूचना प्रविधिमा न्युनतम मात्र पहुँच भएको, यसका लागि सरकारका नीति नियमका साथै सबै पक्षको समन्वयमा काम गर्नुपर्ने आवश्यकता महसुस गर्दै यससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने ठोस नीतिका लागि सरकारसंग आवश्यक पहल गर्ने तथा विशेषतः पहुँचयोग्य र समावेशी सूचना प्रविधि र सञ्चारको विकास गर्नुपर्ने सुझाव व्यक्त गरेका थिए । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result