स्यानफ्रान्सिस्को/ जनवरी २ नेपालका पुराना एवं सर्वाधिक लोकप्रिय पपगायक नविन के मट्टराईको जनवरी १० को स्यानफ्रान्सिस्कोमा हने कन्सर्ट शो ‘शोल्डआउट’ भएको छ । यसले गायक भट्टराईको चर्चित गीतहरु सुन्न वे एरियाका उनका फ्यानहरु निकै प्रतिक्षारत रहेको देखाएको छ ।
आयोजक प्रोजेक्ट इन्टरटेनमेन्टका अनुसार झण्डै ९ सय वरावरको सीट क्षमता भएको हल बुक गरिएको भएपनि टिकटहरु प्राय: सवै अनलाइनवाट विक्री भइसकेको छ । आयोजक हरि ओझाले ‘डोर टिकट’ विक्री नहुने जानकारी दिदै भने – ” टिकट प्रायजसो सबै विक्री भइसकेको छ, डोरमा किन्छु भनेर नआउनुहोला किनभने अब हामिसंग धेरे टिकट बाँकी छैन I
करिब २० वर्षपछि गायक नविन भट्टराईको शो अमेरिकाका विभिन्न शहरहरुमा भव्यताका साथ सम्पन्न भइरहेको छ । न्यू इयर इभमा टेक्ससको ड्यालसमा भएको शोमा उनको प्रस्तुति सुन्न र रमाउन धेरैको भीड लागेको थियो ।
वे एरियामा लामो समयदेखि वसोवास गर्दै आएका व्यावसायी एवं सेफ लक्ष्मण सापकोटाले नविन भट्टराईको कन्सर्ट हेर्न निकै उत्साहपूर्व प्रतिक्षा गरेको बताए ।
कार्यक्रम स्यानफ्रान्सिस्को शहरको ५५० वर्निभेल्ड एभेन्युमा साँझ ७: ३० वाट शुरू हुने छ । प्रोजेक्ट इन्टरमेण्टले नेपालका चर्चित कलाकारलाई विभिन्न कार्यक्रम मार्फत प्रस्तुत गर्दै आइरहेको छ I गत महिना मात्रै अर्का चर्चित गायक दुर्गेश थापाको लाइभ शो कन्सर्ट गरेको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-