काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीमा आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा बोल्दै यस्तो बताएबा हुन् ।
प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए।
प्रधानमन्त्री ओलीले महिलाहरूमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरूको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे। कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-