Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएमा वेबसाइटको छिद्रले ल्यायो हलचल

पुस २०, २०७५ ८:४८ मा प्रकाशित
एनआरएनएमा वेबसाइटको छिद्रले ल्यायो हलचल
Share on FacebookShare on Twitter

अमेरिका ४ डिसेम्बर

एनआरएनए अमेरिकाको वेबसाइटमा छिद्रहरू रहेको तथ्यलाई कार्यसमिति बैठकले स्वीकार गरेको छ । एनआरएनए अमेरिकाका पूर्व कार्यसमिति सदस्य सूर्य लम्सालको आलेख दूरबिन नेपालमा प्रकाशित भएपछि यसै विषयमा छलफल गर्न बसेको कार्यसमितिको आकस्मिक बैठकले बदमासी गर्न सक्ने छिद्रहरू रहेको स्वीकार गरेको हो ।
बैठकको शूरुमा बोल्ने कतिपय सदस्य र पदाधिकारीहरूले दूरबिन नेपालमा प्रकाशित आलेखमा देखाइएको जस्तो समस्या नरहेको जिकिर गरेका थिए । बैठकको अन्तमा भने वेबसाइटमा देखापरेको समस्या सप्रमाण प्रस्तुत भएपछि एनआरएन कार्यसमिति बैठक कमजोरी समाधान गर्ने र थप विस्वासनियताका लागि आधार तयार गर्न तर्फ केन्द्रित भयो ।
बैठकमा धेरै सदस्यहरू उठान भएका समस्यालाई सम्बोधन गर्दै निरूपण गर्नु पर्ने पक्षमा रहे । बैठकमा सहभागी एक सदस्यका अनुसार वेबसाइट निर्माण संयोजक वरिष्ठ उपाध्यक्ष सुनिल शाहले वेबसाइटमा कुनै समस्या फेला नपारेको दाबी गर्दै कुनै ‘ग्लिच’ फेला परेमा समाधानका लागि वेबसाइट निर्माता कम्पनीले तत्काल काम गर्ने बताएका थिए ।
वेबसाइट निर्माण समितिका सह-संयोजक गोपेन्द्र भट्टराईले वेबसाइट निर्माणका क्रममा धेरै मेहनत गरिएको बताए । दूरबिन नेपालसँग कुरागर्दै भट्टराईले भने “वेबसाइट धेरै मेहनत गरेर राम्रोसँग बनाइएको छ । कहीँ समस्या देखिए समयमा नै समाधान गरौँ भनेर सबै साथीहरूले आफ्ना कुरा राख्नु भयो । यो मेम्वरसिप ड्राइभको समय हो । अव यसमा कुनै समस्या रहँदैन सबै मेम्वरसिप ड्राइभमा लाग्नु पर्छ ।”
बैठकको अन्तिम तिर आफ्नो भनाइ राख्न पुगेका सह कोषाध्यक्ष पवन योन्जले वेबसाइटमा देखिएको त्रुटिलाई प्रस्टसँग राखेका थिए । वेबसाइटमा मेम्वरसिप फर्मका लागि राखिएका ‘दुईवटा अप्सन’ मध्ये एउटाबाट भेरिफिकेशन कोड विना नै सदस्यता बन्न दिने गरेको तथ्य बैठकमा पेस गरे । बैठकमा केहीवेर सन्नाटा छायो । सह कोषाध्यक्ष योञ्जनले दूरबिन नेपालसँग कुरा गर्दै भने “पहिचान भएको समस्या मैले बैठकमा राखे”
यही समस्यामा छलफल र निराकरण गर्न युरोप भ्रमणको थकाइ नमर्दै आकस्मिक बैठक बोलाएका डाक्टर केशव पौडेल कुनै विलम्ब नगरी समस्या समाधानका लागि काम थाल्ने बताए । सबै खालका आरोप र शङ्काहरूबाट एनआरएन अमेरिकालाई मुक्त गर्न यो कार्यकालको पहिलो बैठक बाटै लागि परेका पौडेलले कार्यसमितिका सदस्य र पदाधिकारीहरूले नसोचेका प्रस्तावहरू एकाएक कार्यसमितिमा टेबल गरे । मेम्वरसिपको ‘थर्ड पार्टी भेरिफिकेशन’ गराउन विदेशी कम्पनीलाई जिम्मेवारी दिने र त्यसलाई सहयोग गर्न आन्तरिक समिति बनाउने प्रस्ताव कार्यसमितिमा ल्याए । थर्डपार्टी भेरिफिकेशनको प्रस्ताव सर्वसम्मतिमा पास भयो ।
कार्यसमिति सदस्य साथै एनआरएन अमेरिकाको आगामी नेतृत्वका आकाङ्क्षी डाक्टर अर्जुन वन्जडेले भने “थर्ड पार्टी भेरिफिकेशनले विश्वासको जगलाई थप मजबुत गर्छ । यो राम्रो प्रस्ताव थियो । सर्वसम्मतिमा पास भयो ।” नेपाली संस्थाको धेरै कुराहरू विदेशीले राम्रोसँग बुझ्न नसक्ने हुँदा थर्डपार्टी भेरिफिकेशन टिमलाई सहयोग गर्न ‘आन्तरिक सहयोग समिति’ बनाउने प्रस्ताव गरिएको थियो । कार्यसमितिका पदाधिकारी र सदस्यहरू आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्नेहरू मध्येबाट आन्तरिक सहयोग समितिमा बस्न डाक्टर पौडेलले आह्वान गरेका थिए । रामकुमार सुवेदी, पवन योञ्जन र बाल जोशीले आन्तरिक समितिमा बस्न तत्पर देखाए । तर बैठकमा उपाध्यक्ष उमा कार्की थापाले आन्तरिक सहयोग समिति निर्माणको काम यसै बैठकमा नगर्न आग्रह गरिन । कार्कीको भनाई थियो ‘दुई सातामा कार्यसमितिका सवै जना आमनेसामने भएर छलफल गर्न बैठक बस्दै छौ । संस्थाको त्यति ठुलो र महत्त्वपूर्ण क्षणमा नै यो समिति बनाउनु राम्रो हुन्छ ।’ कार्कीको प्रस्ताव अनुसार नै आगामी बैठकमा आन्तरिक सहयोग समिति गठन गर्ने सहमति भएको छ ।
आगामी निर्वाचनमा अध्यक्षको दाबेदार समेत रहेका सूर्य लम्सालले भने “दूरबिन नेपालमा प्रकाशित आलेखमा बुँदागत रूपमा उठाएका केही कुरालाई कार्यसमिति बैठकले सम्बोधन गरेको सुने । अध्यक्ष डाक्टर पौडेलले पनि फोन गरेर चासो राख्नु भयो । राम्रो लाग्यो । तर त्यसको आधिकारिक जवाफ र निर्णय भएको माइनुट नआएसम्म के कसरी सम्बोधन भयो भनेर मैले धारणा बनाउन सक्दिन ।”
एनआरएन अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा गर्न तयारी गरिरहेका पूर्व उपाध्यक्ष राम सी पोखरेलले थर्डपार्टी भेरिफिकेशन निर्णयको सह्राना गरेका छन् । दूरबिन नेपालसँग कुरा गर्दै पोखरेलले भने “मैले यस अघिको कार्यसमितिमा थर्डपार्टी भेरिफिकेशनको प्रस्ताव गरेको थिए । त्यस बेलै हुनु पर्थ्यो । यसले संस्था प्रतिको विश्वास र गरिमा बढाउने छ ।”

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result