काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरीलाई कमजोरी रहित किसिमले काम गर्न निर्देशन दिएका छन्।
मन्त्री लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् ।
उनले तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर भएको उल्लेख गर्दै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफूले सकेसम्म काम गर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-