काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच हुनपर्ने बताएका छन् ।
उनले आइतबार सर्वोच्च अदालतमा आयोजित श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले न्यायमा सहज पहुँचका लागि अदालतले प्रयत्न गरिरहेको बताए।
प्रधानन्यायाधीशले श्रेष्ठले कानुनमा समाहित भएका नवीन अवधारणा र व्यवस्थाको दृष्टिकोणले महत्वपूर्ण देखिएको फैसला छनौट गरेर प्रकाशन गर्नु सान्दर्भिक भएको बताए।
श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले महत्वपूर्ण फैसला र आदेशको प्रकाशनले न्याय सम्पादनका विविध आयामबारे नागरिकलाई जानकारी हुने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-