न्यु योर्क १२ जनवरी/
कठांग्रिने न्यु योर्क सहरको चिसोमा नेपाली समुदायका अगुवाहरू भने भेटघाट, बार्तालाप र घनिभुत छलफलमा व्यस्त देखिनछन् । एनआरएनए अमेरिका कार्यसमितिका पदाधिकारी र सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा शनिवार हुन लागेको बैठकमा सहभागी हुन आएका र नेतृत्वका आकाक्षिहरुको स्वागतमा शुक्रवार साँझ न्यूयोर्कमा रात्री भोजकोआयोजना भयो । नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले आयोजना गरेको कार्यक्रममा एनआरएनका पदाधिकारी, कार्यसमिति सदस्य, नेतृत्वका आकाक्षि, विभिन्न च्याप्टरका अध्यक्ष, जनसम्पर्क समितिका पदाधिकारी र प्रतिनिधिहरूको उपस्थिति थियो रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले थोरै व्यक्तिहरूमा सीमित रहेको संस्थालाई आम मानिसका बिचमा पु¥याउदा भोगेका समस्या र खेपेको आरोपको पिडा पोखे । “घरपरिवारलाई टाढा राखेर संस्था भनेर दौडियो । काम ग¥यो । सेवा गर्यो । भोलिपल्ट बिहान उठ्दा नाना भाति गाली गलौज र आरोपको लर्को सामाजिक सञ्जालमा भेटिन्छ ।” पौडेलले भने “तपाईँ नेतृत्वका आकाक्षिहरु केही लिन होइन दिन मात्र आउने हो । राम्रो काम गरे पनि तारिफ होइन आरोप, गाली र गुनासाहरूको भारी बोक्न तयार हुनुस् ।”
पौडेलले संस्थालाई तीन हजार सदस्यबाट १५ हजारमा पु¥याउदा कतिपय समस्या आएका र त्यसलाई सिस्टम भित्र ल्याउन समय लागेको बताए । कार्यक्रममा एआरएनए उत्तर अमेरिका क्षेत्रीय उप संयोजक नवीन शेरचनले संस्थालाई पद्धतिबाट हिँडाउन प्रयासहरू भइरहेको बताएका थिए ।
कार्यक्रममा नेपाली जन सम्पर्क समिति अमेरिकाका सङ्गठन विभाग प्रमुख वेद खरेल र प्रमोद सिटौलाले एउटै विचार समूहका मानिसहरू पनि विगतमा जस्तो फुटेर अगाडि बढ्न नहुने बताए । कार्यक्रममा नेतृत्वका आकाक्षिहरु राम सी पोखरेल, सुनिल शाह, डाक्टर अर्जुन बन्जाडे, वीआर लामा, लगायत डेढ सय भन्दा बढीको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया लेख्नुहोस्:-