न्युयोर्क १२ जनवरी ।
गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाको कार्यसमितिको पूर्ण बैठक शनिवार न्युयोर्कको ज्याक्सन हाईटमा शुरू भएको ।
एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलको अध्यक्षतामा शुरू भएको बैठकमा जारी कार्यकालको समिक्षा,सदस्यता विस्तार र नविकरणका बारेमा छलफल हुने छ ।
यस्तै बैठकमा आगामी निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने महासचिव बीआर लामाले जनाएका छन् । बैठकमा कार्यसमितिका ३३ मध्ये २९ जना सहभागि छन् । यस्तै सल्लाहकार, आईसीसी सदस्य, विभिन्न विभागका प्रमुखहरू पनि बैठकमा सहभागि छन ।
कार्यसमिति बैठक अगाडि च्याप्टर अध्यक्षहरू सँग बैठक भएको थियो । सो बैठकमा च्याप्टर अध्यक्षहरूले आ आफ्नो क्षेत्रको कार्य प्रगति प्रस्तुत गरेका थिए ।
कार्यसमितिको बैठक पछि आज साँझ नै एनआरएन अमेरिकाले गाला डिनरको आयोजना गरेको । अध्यक्ष पौडेलका अनुसार सो डिनरमा सदस्यता विस्तार गरिने छ । बैठक सँग एनआरएन अमेरिकाको आगामी निर्वाचनमा नेतृत्वका आकांछीहरूले आफ्ना गतिविधिलाई पनि तिव्रता दिएका छन ।









प्रतिक्रिया लेख्नुहोस्:-