काठमाडौं । पछिल्लो सातादेखि कोरोना भाइरसको संक्रमण अत्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ गर्ने भएको छ। गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै हालसम्म भएका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने जनाएको छ।
अस्थायी वा स्थायी परिचयपत्र बनाउनुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने निर्णय गरेको छ। त्यस्तै सरसफाई गर्ने कर्मचारीको हकमा पुरानै पास र पत्रकारहरुको हकमा सूचना विभागबाट जारी भएको पासले सिंहदरबारभित्र प्रवेश गर्न पाउने बताएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-