Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘भ्वाइस अफ दी भ्वाइसलेस’ हुन सकेनौँ : पत्रकार

पुस २९, २०७६ २:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter

 बलेवा, २९ पुस : “हामीले आफूलाई आवाजविहीनहरुको आवाज भन्यौँ तर कताकता तिनै आवाजविहीनको आवाज बोल्न सकिरहेको जस्तो लाग्दैन”, पत्रकार लोकेन्द्र सुनारले आफ्नो धारणा राख्दै गर्दा अधिकांश पत्रकार उपस्थित रहेको नेपाल पत्रकार महासङ्घ बागलुङको सभाकक्ष सुनसानै भयो । उहाँ देशको वर्तमान अवस्था र सामाजिक उत्पीडनको विषय समाचार सामग्रीमा नपरेको भन्दै हुनुुहुन्थ्यो ।

 

पत्रकार विभाजित हुँदा तल्लो तहमा उत्पीडनमा परेका समुदायको विषयमा समाचार सामग्री नबनेको उहाँको गुनासो थियो । “देशको कानूनले बन्देज गरेको छुवाछूतजस्तो अपराध गाउँघरमा भइरहेकै छ”, सुनारले भन्नुभयो, “मिलापत्रमा टुङ्गिएका अपराधका विषयमा हामीले कहिल्यै चासो राखेनौँ ।” दलित पत्रका मञ्च बागलुङको तेस्रो अधिवेशन पत्रकार महासङ्घको भवनमा चलिरहेको थियो । अधिवेशनको उद्घाटनसत्रमा पत्रकारितासँग सम्बन्धित विभिन्न सङ्गठनमा आबद्ध पत्रकारले आआफ्नो धारणा राखे ।

 

कार्यक्रममा अधिकांशको धारणा समान खालको थियो । उनीहरुले सङ्गठनको बलमा परिवर्तनको आवाज बोल्नुपर्नेमा जोड दिए । “पार्टीगत विभाजनले न्यायका लागि लड्नेहरुलाई बेलाबेलामा छुटाइरहेको हुन्छ”, सुनारले भन्नुभयो, “उत्पीडनका विरुद्धमा हामी मात्रै होइन, सबै सँगै लाग्नु जरुरी छ ।”

 

पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले सङ्गठन निर्माणले मात्रै ठूलै परिवर्तन हुन्छ भन्ने सोच राख्ने गरेका कारण सोचेको जस्तो प्रगति हुन नसकेको बताउनुभयो । पत्रकारिताका क्षेत्रबाट हुन सक्ने परिवर्तनलाई समेत सङ्गठनहरुको गलत मनसायले असर गर्ने छ भन्दै उहाँले त्यसतर्फ सजग हुन आग्रह गर्नुभयो । कुनै जाति र वर्गसँग जोडिएर बनेका सङ्गठनले त्यही जाति वा वर्गको वकालत मात्रै नगरेर समग्र समाजको अवस्थाको वकालत गर्न जरुरी रहेको वक्ताको भनाइ थियो ।

 

कार्यक्रममा ‘ढोरपाटन’ दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहराले समाजको वास्तविकतामा आधारित रहेर परिवर्तनका लागि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । प्रेस सङ्गठन नेपाल केन्द्रीय अनुशासन विभागका सदस्य कोपिला कँडेलले वास्तविकतामा आधारित पत्रकारितामा जोड दिनुभयो । प्रेस सङ्गठन बागलुङका संयोजक उमाकान्त शर्माले संस्था पत्रकारितामार्फत समाजमा रहेको उत्पीडन अन्तका पक्षमा रहेको बताउनुभयो ।

 

प्रगतिशील पत्रकार सङ्घ बागलुङका सचिव विजय रानाले समाजको सोच बदल्न सङ्घर्षको आवश्यकता रहेको बताउनुभयो । मञ्चका संस्थापक सज्जनकुमार सिंहले शहरबजारमा भन्दा गाउँका नागरिकको अवस्था दयनीय छ भन्दै पत्रकारिताको नजर गाउँसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । “हामीले विचार सामग्री र समाचारमार्फत यो समाज परिवर्तन गर्नुछ”, उहाँले भन्नुभयो, “उत्पीडनविरुद्ध लड्नकै लागि सङ्गठन निर्माण भएको थियो ।”

अध्यक्षमा पुनः खाती

अधिवेशनले अनिस खातीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा नवीन विक, महिला उपाध्यक्षमा मीनु विक, सचिवमा नवराज परियार, सहसचिवमा लक्ष्मी सुनार र कोषाध्यक्षमा देवी बोहोरा चयन हुनुभएको छ । त्यस्तै सदस्यमा कृष्ण संयोग, सुमन सुनार, योगेन्द्र विश्वकर्मा, धनबहादुर विक, कञ्चन परियार, शिव बोहोरा, लक्ष्मी परियार, कृष्णसमीर शाही र विनोद विश्वकर्मा रहनुभएको छ । यसैगरी सल्लाहकारमा सिंह, लोकेन्द्र निराशी, बोहोरा, गणेश नेपाली र महेश खातीलाई चयन गरिएको छ ।
रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result