Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 ‘कुनै पनि प्रतिवेदन पास नभएको एनआरएनए कसरी चल्दै छ  ?’

माघ १, २०७६ ७:२० मा प्रकाशित
 ‘कुनै पनि प्रतिवेदन पास नभएको एनआरएनए कसरी चल्दै छ  ?’
Share on FacebookShare on Twitter


दूरबिन संवाददाता
-अमेरिका ।
संस्था आफ्नो कब्जामा राखिराख्न प्रतिनिधि छनौटमा निर्लज्ज ढङ्गले गरिएको थपघट र निर्वाचन प्रक्रियालाई आफ्नो मुठीमा राखेर अपारदर्शी ढङ्गले गरिएको निर्वाचनबाट आएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को कार्यसमिति महत्वपूर्ण विषयहरूमा गम्भिर नदेखिएको भन्दै एनआरएनएका कतिपय अभियन्ताहरूले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष साथै आइसीसीको गत निर्वाचनमा उपाध्यक्षका उम्मेदवार समेत रहेका डाक्टर केशव पौडेलले यस्तै विषय बस्तुमा केन्द्रित भएर बुधवार एक विज्ञप्ति जारी गरेका छन् ।

पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ “नबौं विश्व सम्मेलनमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएन । दुवै महत्वपूर्ण विषयलाई अर्थहीन जस्तो बनाएर निर्वाचन गरियो । त्यसबाट चुनिएर आएको अहिलेको कार्यसमितिले के आधारमा संस्थाको कोष सञ्चालन गरिरहेको छ , त्यो महत्वपूर्ण विषय हो ।  अर्को तर्फ संस्थाको वार्षिक प्रतिवेदन समेत पास नभएको अवस्थामा अहिलेको कार्यसमितिले कार्यक्रमहरू कसरी लगिरहेको छ ?”
डाक्टर पौडेलद्वारा जारी विज्ञप्तिमा यस्ता थुप्रै प्रश्नहरू उठाइएका छन् । डाक्टर पौडेल भन्दा अगाडि अध्यक्षका प्रतिस्पर्धी कुल आचार्य र महासचिवमा प्रतिस्पर्धा गरिरहेकी जानकी गुरुङले यस्तै विषय बस्तु उठान गर्दै विज्ञप्ति जारी गरिसकेका छन् । 


संस्था बाहिर वा भित्रबाट सुधारका लागि जे जस्तो आवाज उठाइए पनि उनीहरूको ध्याउन्न भनको संस्था जतिसुकै बदनाम होस तर संस्थालाई रसियन ब्लक र उनीहरूका मतियारको कब्जाबाट बाहिर जान नदिने भन्ने नै हो । यसका लागि उनीहरूले सबै कोणबाट काम गरिरहेका छन् । प्रतिनिधि छनौट कार्यविधिका नाममा एनसीसीलाई नियोजित रुपमा निकम्मा बनाइयो । त्यति गर्दा गर्दै पनि एनसीसीबाट चयन भएर गएका सयौँ प्रतिनिधिको नाम हटाएर आफ्ना अनुकुलका प्रतिनिधिलाई छिराउने काम गरे । नेपाल भित्र निर्वाचित वडा अध्यक्ष भएर काम गरिरहेकाहरूले समेत एनआरएनए प्रतिनिधि भएर मतदान गरे । तर थुप्रै देशबाट प्रतिनिधि बनेर काठमाडौँ पुगेकाहरू आफ्नो नाम हटाएर अरुलाई नै राखेको थाहा पाएर आक्रोशित हुँदै फर्किए । यस्ता निकृष्ट हर्कतहरूले
एनआरएनए भन्ने संस्थामा कहिल्यै सदस्यता नलिने मनस्थितिमा लाखौ प्रवासी नेपालीहरूलाई पु¥याएको छ । तर पनि जित पछि अभिष्ट पुरा भएको खुसियालीमा डुबेका बर्तमान कार्यसमितिका पदाधिकारीहरु महत्वहिन विषय अगाडि सारेर आँखामा छारो हाल्ने प्रयास गरिरहेका छन् । 


संस्थालाई पारदर्शि र विधि संम्मत ढङ्गले अगाडि बढाउन विशेष अधिवेशन बोलाएर कमीकमजोरीको समिक्षा गर्दै प्रकृयागत ढङ्गले अगाडि बढ्न सबै तयार हुनु पर्ने डाक्टर पौडेलको विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result