काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी हुन् ।
प्रचण्डलाई पुस २४ गते कोरोना पुष्टि भएको थियो । माओवादी केन्द्रको महाधिवेशन सकिएलगत्तै प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । माओवादीको महाधिवेशन लगत्तै उनी संक्रमित भएका थिए । अझै पनि माओवादी केन्द्रमा धेरै नेता कार्यकर्ता कोरोना संक्रमित भएर आइसोलेसनमा बसिरहेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरु नै संक्रमित भएपछि यसबीचमा हुनेपर्ने नियमित छलफल हुन सकेको छैन ।
माओवादीका अन्य नेताहरुलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणकै कारण पार्टी पदाधिकारी चयन गर्न पुस २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-