Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘माना-पाथी’को कन्सर्ट बे एरियाको सबैभन्दा ठूलो !

सज्जनराज बैद्यको कन्सर्टमा १३ सय भन्दा बढी दर्शक

माघ ३, २०८० १२:४९ मा प्रकाशित
‘माना-पाथी’को कन्सर्ट बे एरियाको सबैभन्दा ठूलो !
Share on FacebookShare on Twitter

दूरवीन समाचारदाता

स्यानफ्रान्सिस्को । क्यालिफोर्निया
जनवरी १६
गत शनिवार बेलुकीको ८ बज्दा बे एरियाको मौसम चिसो मात्र थिएन, मुसलधारे वर्षा पनि त्यतिकै थियो । तरपनि युवा नेपाली जमातमा चिसो र त्यो मुसलधारे बर्षाको परवाह देखिएको थिएन । बढ्दो बर्षातसंगै भ्यानेस एभेन्यूमा रहेको रिगेन्सी बल रुममा सयौं नेपाली युवा जमातको लाइन बसिसकेको थियो ।
नेपाली युवावर्गमा निकै चर्चित रहेका गायक सज्जनराज बैद्यको जनवरी १३ तारेख ‘घुमीफेरी युएस टुर स्यानफ्रान्सिस्को’को ब्यानरमा भेनेस एभेन्यूमा रहेको ‘ रिगेन्सी बल रुम’मा कार्यक्रममा उपस्थित नेपाली युवा जमात देख्दा लाग्थ्यो, ‘यहाँ कुनै हलिउड वा बलिउडका कलाकारले प्रस्तुती दिने कन्सर्ट भइरहेको छ’ । किनकि, यति धेरै नेपाली युवा जमातको भीड यसअघिका कुनै सांगितिक कार्यक्रममा देखिएको थिएन । जव स्टेजमा गायक बैद्य र उनको टोली गाउन तयार भयो, दर्शकदिर्घा र वाल्कोनीमा सयौं दर्शकहरु आफै गाउन थाले । अर्काे रमाइलो त के देखियो भने बे एरिमा भएको कार्यक्रमहरुमध्ये यो सबै भन्दा महंगो थियो तर ‘ओर्थ इट’ भनेको सुनियो । कार्यक्रममा आएका बे एरियाका लिना बस्नेतले भनिन्, ‘बाल्कोनीवाट हेर्दा सयौं  नाचेका र झुमेका मात्र देखिन्थ्यो’ ।

न्यान्सका अध्यक्ष प्रितेश कार्कीले सज्जनराज बैद्यको कन्सर्टले ‘म्यूजिक ह्याज नो एज’ भन्ने लोकप्रिय भनाईलाई प्रमाणित गरेको बताए । बैद्यको म्यूजिकले एक सर्कललाई मात्र  नभई सबै तहका संगीतप्रमीहरुलाई उत्तिकै मोहित पारेको प्रतिकृया दिदै उनले भने, ‘यो लेभलको कार्यक्रम सम्पन्न गरेकोमा मानापाथी टीमलाई धन्यवाद र बधाई नदिइरहन सकिदैन, यो कार्यक्रम अविश्मरणी रहनेछ’-, उनले भने ।

सधै भजनकीर्तिन र नेपाली लोकगीत गाउन अघि सर्ने मुक्तिनाथधामका बरिष्ठ उपाध्यक्ष पशुपति कंडेलले कार्यक्रममा गाएको गीत त त्यत्ति बुझेनन् तर सबै युवाजमातले आफैं गाइरहेको मात्र देखें । ‘मैले यसरी सबैले गाएको कुनै कार्यक्रममा देखेको थिइन, त्यही मात्र देखें,’- उनले भने ।
बे एरियामा युवा जमातलाई टार्गेट गरेर अन्तराष्ट्रिय स्तरको कार्यक्रमहरु आयोजना गर्ने उदेश्यका साथ स्थापित मानापाथी इन्टरटेनमेण्टले आयोजना गरेको सो कन्सर्ट बे एरियामा भएको हाल सम्मको सबैभन्दा ठूलो र उत्कृष्ट भएको आयोजकले दावी गरेका छन् । मानापाथीका सदस्य सागर पौडेलका अनुसार १३ सयको हाराहारीमा नेपाली युवायुवतीहरु कार्यक्रममा उपस्थित भएका थिए ।
‘यो हाम्रो मानापाथी समूह (कोर टीम)को चार महिनादेखिको मेहनत र नेपाली संगीतलाई माया गर्ने सबैको सामुहिक प्रयासको एउटा उपलब्धी हो’-पौडेलले दूरवीनसंगको कुराकानीमा भने । उनका अनुसार गायक सज्जनराज बैद्य र उनको समूहले पनि मानापाथीको ब्यवस्थापन र दर्शकहरुको उत्साहजनक सहभागिताप्रति निकै गौरवको अनुभूति गरेको छ । सज्जनराजको संगीतले बे एरिया मात्र नभई अमेरिका नै जुरुक्क उचालेको उनको भनाई थियो ।


कार्यक्रममा सहभागी हुन सियटलवाट आएका नरेश खड्काले आफू वासिंटनवाट साथीहरुका साथ आएको बताए । यतिको ब्यवस्थित सांगितिक कार्यक्रम अमेरिकामा पहिलो पटक हेरेको उनको प्रतिक्रिया थियो ।
गायक बैद्यको कन्सर्टमा सहभागी हुन मिलपिटसवाट आएकी करुणा सेंढाईले कार्यक्रमवारे प्रतिकृया दिदै भनिन-‘सुपर्ब, नेभर एटेण्डेट दीस लेभल अफ अर्गनाइज्ड एण्ड वेल टाइम्ड कँन्सर्ट विफोर, ओर्थ दी टिकट प्राइस’। उनले कन्सर्टको भेन्यू र कार्यक्रम निकै स्तरीय भएको बताइन् ।
गायक बैद्य र उनको समूहमा रहेका १३ सदस्यीय टोली जनवरी ११ तारेख स्यानफ्रान्सिस्को आएको थियो । ‘घुमीफिरी युएस टुर’ अन्तरगत गायक बैद्यको टोलीले डिसेम्वर २२ मा टेक्ससको ड्यालसमा, डिसेम्वर ३० मा न्यूयोर्क, जनवरी ६ मा मेरिल्याण्डको सिल्भर स्प्रिंग, जनवरीमा १३ मा स्यानफ्रान्सिस्कोमा आफ्नो प्रस्तुती दिएको थियो भने जनवरी २१ मा क्यानडाको टोरन्टोमा आफ्नो सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result