न्युयाेर्क । अमेरिकामा सामाजिक क्षेत्रमा सक्रिय अधिकारले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) काे विकल्प बारेमा सुन्न, बुज्न र सहयाेग गर्न सबैमा अनुराेध गरेकाे छ ।
टीपीएसकाे विकल्प के हुन्छ भन्दै अधिकारले शनिवार भर्जिनियामा अन्तर्क्रिया कार्यक्रम राखेकाे छ । अधिकारकी कार्यक्रम निर्देशक नर्बदा क्षेत्रीले भर्जिनियामा हुने कार्यक्रममा सहभागि हुन अपिल गरेकी छिन् । उनले सामाजिक सन्जालमा भनेकी छिन् “भोली शनिबार , जनवरी १९ मा भर्जिनिया मा टि पी एस का विकल्प सम्बन्धी सुन्न, बुज्न , साथ् , सहयोग को लागी सक्रिय सहभागी बनौ ।” कायर्यक्रम भर्जिनियाको आर्लिंगटन स्थित आर्लिंगटनको केन्द्रिय पुस्तकालयमा हुने छ ।
अधिकारले फेब्रुअरी १० -१३ सम्म वाशिंगटन डीसी स्थित संसद भवन क्यापिटल हिलमा टिपीएस सम्बन्धमा कंग्रेसलाई दवाव दिन नेश्नल टीपीएस एलाइन्स ग्रुप सँग अधिकारले सहकार्य गर्ने छ ।
फेब्रुअरी १२ मा र्याली गरिने छ । आगामी जुन २४ ,२०१९ देखि टीपीएसको अवधि समाप्त हुदैछ । नेपालमा २०७२ सालमा भएकाे महाभुकम्प पछि अमेरिकाले यहाँ रहेका नेपालीलाइ टिपिएस सुविधा दिएकाे थियाे । प्राकृतिक प्रकाेप तथा अन्य घटना भएका देशका जनतालाइ अमेरिकाले टीपिएस सुविधा दिदै अाएकाे छ । अमेरिकाले कतिपय देखकाे टिपिएस सुविधा थप गरे पनि नेपालकाे नथप्ने भन्दै अाएकाे छ ।







प्रतिक्रिया लेख्नुहोस्:-