दोहा । लमजुङ सेवा समाज कतारको अधिवेशन आगामी मार्च १ गते हुने भएको छ । समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठ को अध्यक्षता शुक्रवार दोहाको मुन्ताजामा बसेको नियमित मासिक बैठक ले आगामी मार्च १ तारिख सस्था को अधिवेशन गर्ने निर्णय गरेको हो ।
समाजले शुक्रवार देखि नै लागु हुने गरि सदस्यता नविकरण तथा नयाँ सदस्यता खुल्ला गर्ने निर्णय समेत गरेको छ । समाजले लमजुङ मुख्य थलो भई हाल दोहा कतार मा कार्यरत सबैलाई सदस्यता लिन पनि आग्रह गरेको छ ।
संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ लमजुङ सेवा समाज सम्पुर्ण कतारमा कार्यरत लमजुङ्गेहरु को नितान्त सामाजिक सस्था भएकाले सक्षम ब्यक्ती जो नितान्त निस्वार्थ समाज सेवा को भावनाले अघि बढ्ने प्रण गर्दछ,वहाँहरुका लागि सदैव लमजुङ सेवा समाज खुल्ला रहने समेत जानकारी गराउदछु ।’
यस्तै बैठकले गण्डकी प्रदेश समन्वय परिषद कतार को अधिवेशनका लागि सस्था बाट सहभागी हुने १५ सदस्यको पनि चयन गरेको छ ।
लमजुङ सेवा समाजले प्रवास एवं स्वदेशमा गृह जिल्लामा पछिल्ला समय देखाएको सक्रियता र आगामी अधिवेशन लक्षित गरि निम्तालु आमन्त्रित अतिथी स्वागत आफ्नै गृह जिल्ला मा उत्पादन गरिएको अर्गानिक चिया ले गर्ने निर्णय गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-