Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

डीभी र विद्यार्थी भिसामा अमेरिका गएकाको नेपालीको कथा

माघ ४, २०७९ १२:०१ मा प्रकाशित
युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
Share on FacebookShare on Twitter

अमेरिका ।

युवा साहित्यकार तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘स्वप्नभूमि’को हालै लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गत शुक्रबार भएको कार्यक्रममा नेपाली सिने जगतका महानायक राजेश हमालको प्रमुख आतिथ्यमा लोकार्पण गरिएको थियो ।

कार्यक्रममा उपस्थीत वक्ताहरुले उपन्यास स्वप्नभूमिु पढ्नै पर्ने एक सरल तर गहिराई भएको उपन्यास हो जसले अमेरिकी समाज र त्यहाको जनजीवनकोमात्रै होईन फरक संस्कृतिले ल्याउने बुझाई र ब्यबहार पनि सिकाउने बताए । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा कार्यक्रममा सहभागी समीक्षकहरूले आप्रवासी बन्न पुगेका नेपालीको सपना र भोगाइलाई समेटिएको बताए ।

कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले नेपाली समुदायको भोगाइ पुस्तकका विषयवस्तु बनेकोबारे चर्चा गरे। उपन्यासमा पात्रको स्वप्नभूमि अमेरिका रहेको र उसले त्याहाँ भोगेका अनुभवलाई नै पुस्ततको कथा बनेको उनले बताए।

‘धन र सुख प्राप्त हुन्छ भनेर विदेशिएका नेपालीहरूले बाहिर भएपछिनेपालको महत्त्व र आफ्नो खुसी बुझेर देश फर्केको एक युवक कथा भनिएकोछ,’ उनले भने, ‘विदेशमा बस्ने नेपालीले भोगेको संस्कृति र नेपाली समाजमाकामको आधारमा विभेदलाई पनि उजागर गर्न खोजिएको छ।’व्यक्तिले आफ्नो सपनाको देश जन्मेकै ठाउँलाई मान्नुपर्छ भन्ने नभएको तर्क गर्दै अभिनेता हमालले भने ‘स्वप्नभूमि र जन्मभूमि यहीं हुनुपर्छ भन्ने छैन, यो व्यक्तिको सोचमा भर पर्ने कुरा हो, सपनाको भूमि जहाँ भए पनि आफू हुर्केको परिवार, समाज र संस्कार, संस्कृति र राष्ट्रिय धर्मलाई मानिसले भुल्न हुदैन ।

नेपालीको सपनाको देश अमेरिकामा पुगेर गरिने दुस्ख आप्रवासीको पिडालाई समेटिएको समीक्षक राजकुमार बानीयाँले बताए। साहित्यमार्फत देशमाकेही गर्न सकिन्छ भन्ने भाव उपन्यासको सन्देश बनेको उनको बुझाइ थियो ।
समालोचक कुमारी लामाले लाखौं संख्यामा विदेश पलायन भएका नेपालीयुवाको कथा र युवाले बुनेको महत्त्वाकांक्षी सपनाको संघर्षलाई पुस्तकलेदेखाउन खोजेको बताइन्। समीक्षक एवं लेखक राजकुमार बानियांका शब्दमा “उदीयमान उपन्यासकार तुलसी आचार्य आप्रवासनको अलिनो अनुभवलाई आख्यानको कलेवर दिन सफल छन् । यसको विषय र प्रस्तुति कति कौतुकमय छ भने पाठकले कतै पनि थकाई मार्न पाउँदैन । विदेशको वैभव देखेर असली नेपाली मन कत्ति पनि विचलित हुँदैन भन्ने सत्यघोष गर्नु यसको अभिप्राय हो । ‘स्वप्नभूमि’ मा यथार्थ र आदर्श अनि आख्यान र गैरआख्यान जम्काभेट भइरहन्छ ।”
समीक्षक  डा. राम्जी तिमल्सिनाका शब्दमा “अमेरिकालाई सपनाको देश देखेर नेपाल छाड्नेहरू प्रकारान्तरले नेपाललाई नै स्वप्नभूमि देख्न थाल्छन् भन्ने भावमा सिर्जित यो उपन्यास चलायमान प्रवासी नेपालीहरूको मनस्थितिको सुन्दर चित्रण हो । यो सपना खोज्न विदेशिने युवा र तिनका अभिभावक तथा आफन्तजनले पढ्नैपर्ने कृति बनेको छ ।”

लेखक तुलसी आचार्यले डीभी र विद्यार्थी भिसामा अमेरिका गएकाको नेपालीको कथालाई आफूले समेटेको बताए।

आचार्यद्वारा लिखित पहिलो उपन्यास ‘मोचन’ गतवर्ष प्रकाशित भइसकेको छ।

 

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result