अमेरिका, १९ जनवरी । मानिसहरूलाई तनाव मुक्त भएर कसरी स्वस्थ जीवन शैली अपनाउने भन्ने सम्बन्धमा जय नेपाल फाउण्डेसन, फाउण्डेसनको ग्लोबल ज्ञान नेटवर्क र जीवन विज्ञान अमेरिकाको संयुक्त आयोजनामा तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न भएको छ। वेबिनारमा जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक एल पी भानु शर्माले कसरी तनाव ब्यबस्थापन गर्न सकिन्छ भनी बताउनु भएको थियो। गुरु एल पी भानु शर्माले आफ्नो व्यस्त जीवन शैलीबाट स्वयको लागि समय निकाल्दै तनावरहित रहनको लागि अनुरोध गर्नु भयो। दुई सय भन्दा बढी सहभागिता रहेको वेबिनारको अन्त्यमा गुरु शर्माले योगाभ्यास गराउनु भएको थियो।
जय नेपाल अन्तर्राष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले अहिले पाँच प्रतिशतको ब्रमाण्डको बारेमा मात्र थाहा पाउन सकेको हुँदा तनाव ब्यबस्थापन सेमिनारले हामीलाई स्वस्थ रहन सहयोग पुर्याउने बताउनु भयो। हाम्रो ब्रह्माण्ड भएको पुरै मास मध्ये केही पनि भौतिक रुपमा थाहा नभएको बस्तु तर अस्तित्व रहेको बस्तु जसलाई डार्क म्याटर र डार्क ईनर्जी भनिन्छ र वैज्ञानिकहरूले यसलाई गहन रुपमा अध्ययन गरिरहेका छन् र म आफैँ यस सम्बन्धीको अनुसन्धान कर्ताको रुपमा मा काम गरेको ले अनुभव रहेको छ। यसरी जम्मा करिब ५ प्रतिशत हामीले थाहा पाउञ्छोउन भने ९५ प्रतिशत अस्तित्वमा भएको तर हामीले भैतीक रुपमा अनुभव नगरेको छ। यो विश्लेषण हाम्रो जीवन विज्ञानमा समेत ठ्याक्कै मिल्न आउँछ। हाम्रो दिमाग, शरीरमा अथाह शक्ति छ तर हामीले केही प्रतिशत मात्रै थाहा पाएका छौँ ! यदि हामीले आध्यात्मिक, यौगिक तरिकाबाट जीवन विज्ञानले गरेका तरिकालाई आत्मासाथ गर्ने हो भने त्यो शक्तिको महसुस गर्न सकिन्छ र यसको माध्यमबाट नै तनाव समेत ब्यबस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको जय नेपाल अन्तर्राष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले बताउनुभयो।
ग्लोबल ज्ञान नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा जीवन विज्ञान अमेरिका अध्यक्ष सुशील शर्माले सहभागी सबैलाई स्वागत तथा धन्यबाद दिनु भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-