Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए आइसीसीको पोखरा बैठक पनि गोलमाल

माघ ७, २०७६ ६:२९ मा प्रकाशित
एनआरएनए आइसीसीको पोखरा बैठक पनि गोलमाल
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता

 पोखरा ।

 लाखौं रुपैयाँ खर्च र त्यति नै महत्वपूर्ण समय व्यतीत गर्दै नेपाल पुगेका निर्वाचित र मनोनितहरुको प्रत्यक्ष उपस्थितिका गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको ७१ औं बैठक समस्याको गाँठो फुकाउन र अधिवेशनका समयमा पारित हुन नसकेका महत्वपूर्ण दस्तावेजमा कुनै ठोस निर्णय नगरी टुङ्गिएको छ ।  

चर्को विवाद र आरोप प्रत्यारोप बीच गत अक्टोबरमा काठमाडौँमा सम्पन्न नवौँ विश्व सम्मेलनबाट आएकाहरूको पहिलो प्रत्यक्ष बैठक संस्थाका काम र गतिविधिलाई वैधता दिन साथै आम सदस्यहरूको अपेक्षा अनुरूप  सुधारका लागि केही ठोस निर्णय लिने अपेक्षा गरिएको थियो । तर नेतृत्वमा कब्जा जमाउने बाहेकको कुनै कार्ययोजना र संस्थालाई आम सदस्यहरूको चाहना अनुरूप अगाडि बढाउने सोच नेतृत्वले बैठकमा देखाउन सकेन । नेतृत्वको कमजोरी र पूर्वाग्रहका कारण आपसी खिचातानीमै बैठक सकिएको एक सहभागीले बताए ।

 

नवौँ विश्व सम्मेलनले आर्थिक र साङ्गठनिक प्रतिवेदन पारित नगरेकाले विशेष अधिवेशन बोलाएर ती प्रतिवेदनमाथि छलफल गराउन  निवर्तमान उपाध्यक्ष कुल आचार्य, निवर्तमान सचिव जानकी गुरुङ तथा एनआरएन युएसएका पूर्व अध्यक्ष डा केशव पौडेलले माग गरेका थिए । तर ति महत्वपूर्ण विषयमा निर्णय गर्ने जिम्मा बैठकले आइ इ एसलाई दिएको बताइएको छ । रोचक पक्ष के छ भने एउटा जीवन्त संस्थामा विधानले तोकेको र कार्यविधि अनुसार नै गर्नै पर्ने अपुरा कामको विषयमा उठान गर्दै संस्था र कार्यसमितिलाई झकझकाउन निकालिएका विज्ञप्ति प्रति संघका अध्यक्ष कुमार पन्तले आपति जनाउदै  अनावश्यक वक्तव्यबाजी गरेको भन्दै  आलोचना गरेका थिए ।

 

काठमाडौँका केही स्थानमा शौचालय बनाउन  भनी अध्यक्ष पन्तले अघि सारेको योजनाका लागि जम्मा ४० लाख रुपियाँ प्रतिवद्धता बैठकमा व्यक्त भएको थियो । विना कुनै गृहकार्य पन्तले त्यस्तो घोषणा गरेको भनी त्यसको आलोचना पनि कतिपयले गरेका थिए ।

बिभिन्न देशबाट लाखौं रुपैयाँ खर्च गरेर नेपाल पुगेका आइसीसी सदस्यहरूले पोखरा गरिएको खर्चिलो बैठकलाई पनि काठमांडौंकै अधिवेशन अर्को रुप अर्थात अब्यबस्थित, खोक्रो र नियोजित भएको कतिपयको टिप्पणी छ ।

यसै बीच आफ्नो फेसबुक पोस्टमा संघका महासचिव डा हेमराज शर्माले सन् २०२१ अक्टोबरमा संघको निर्वाचन मात्र हुने तर विश्व सम्मेलन नहुने जनाएका छन् । विश्व सम्मेलन निर्वाचन नभएको वर्ष गरिने र भृकुटी मण्डपमा पाल टाँगेर, पाउरोटी र समोसा ख्वाएर  निर्वाचन गर्न सकिने हावादारी टिप्पणी पनि उनले गरेका छन् ।

 

तस्विर: सामाजिक सन्जाल

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result