काठमाडौं । सुप्रिम सहकारी ठगीसम्बन्धी अभियोगमा बयान नसकिएपछि रास्वपा सभापति रवि लामिछानेलाई श्रीमतीको जिम्मा लगाइएको छ।
बहस नसकिएपछि रविलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएर पठाएको जिल्ला अदालत, रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।
उनलाई भोलि १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ। भोलि नै बहस सुरु हुने पनि ज्ञवालीले नेपालखबरलाई जानकारी दिए।
प्रतिवाद गर्न बुधबार आफै अदालतमा हाजिर भएका लामिछानेलाई जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर बयान लिइएको थियो। बयान सकिएपछि उनलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाइएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-