काठमाडौं,
जनवरी २३
विज्ञापन एजेन्सी संघका पूर्व अध्यक्ष एवं ‘एड गुरु’को नामले चिनिले लोकप्रिय गायक निर्मलाराज पौडेलको ‘छम्म नाचौं’, ‘छप्प नाचौं,’ गीत हालै सार्वजनिक गरिएको छ । कुनै जमानामा गायन क्षेत्रमा निकै चर्चामा रहेका पौडेलले १५ बर्षपछि बजारमा यो गीत ल्याएका हुन् ।
मोहित मुनालले संगीत दिएको सो गीतमा नेपालका एक दर्जनभन्दा बढी चर्चित कलाकारहरुले अभिनय गरेका छन् । पौडेलको गीतमा विजय लामा, निर्मल शर्मा, किरण केसी, धिरेन शाक्य, खुश्वु खड्का, रोहित कार्की लयागले अभिनया गरेका छन् ।
सो गीतको रिलिज समारोहमा सरोज खनाल, किरण केसी, रविन्द्र खड्का, राजाराम पौडेल, रमेश उप्रेती, तैयव शाह प्रिया लयागतका कलाकारहरुको उपस्थिती रहेको थियो । गायक पौडेलले आफ्नो गीतले पार्टी एवं समारोहमा नाच्नको लागि फरक खालको रौनक दिने बताएका छन् ।
केही समय अघि अमेरिका आएका बेला उनले आफ्नो अडियो ट्याक सार्वजनिक गरेका थिए । उनको गीत ओएसआर डिजिटल युट्यूव च्यानलवाट सार्वजनिक गरिएको छ । प्रारम्भिक चरणमा नै गीत निकै चर्चामा रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-