Saturday, June 25, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सम्पादकीय : सम्झौता विपरीतको कदम

माघ ११, २०७५ ४:१५ मा प्रकाशित
Share on FacebookShare on Twitter

सम्पादकीय

नेपालको राजनीतिमा शुक्रवार सुखद मानिँदैन । पूर्व राजा ज्ञानेन्द्र शाह कुनै काम अगाडि बढाउँदा शुक्रवारलाई नै छान्ने गर्दथे । उनको रोजाइको बार देश र राजसंस्था दुवैका लागि कहिले पनि शुभ भएन । यो शुक्रवार नेपालको सार्वभौम सत्ता सम्पन्न प्रतिनिधि सभामा जे जस्ता हतकण्डा भए त्यसले पनि भविष्यमा हुनसक्ने अनिष्टको प्रस्ट सङ्केत गरिरहेको छ ।
दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री के पी ओली शुक्रवार नै सत्याग्रहलाई आफैले दिएको बचनबाट चिप्लिए । सत्याग्रही केसीकै कारण ओइलाइरहेका मेडिकल माफियाहरूले पुन सिर ठाडो पार्ने भएका छन् । आफ्नो वरपर घुमिरहेका व्यापारीलाई रिझाउने वली सरकारको कदमले नेपालमा पुन मेडिकल माफियाहरूको रज गज स्थापित भएको छ ।
सरकार र त्यसको नेतृत्व गरिरहेका प्रधानमन्त्री नै सम्झौता एउटा गर्ने र काम अर्कै गर्ने भए पछि देशमा अराजकता छाउने नै भयो । केसीको १५ औ अनसन टुटाउने क्रममा भएको सम्झौता बारे प्रधानमन्त्री ओलीले सांसदलाई समेत जानकारी गराएका थिए । प्रधानमन्त्री केपी ओलीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता कुल्चेका मात्र होइन, उनी संसद्मा समेत झुटा साबित भए । त्यो जानकारी संसद्को रेकर्डमा छ र त्यो संसद्को सम्पत्ति हो । तर शुक्रवार सम्झौता विपरीत चिकित्सा विधेयक पारित भयो । संसद्को रेकर्ड विपरीत । यसले प्रधानमन्त्री ओलीको नैतिकतामा प्रश्न उठाएको छ । उनी सत्तारुढ दलको संसदीयदलको नेता पनि हुन ।
अर्को तर्फ १५ औ अनसन तोडिए पछि प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीलाई आफ्नै सरकारी निवास बोलाएर माग पुरा गर्ने बचन दिएका थिए । तर प्रधानमन्त्रीले सांसदलाई दिएको जानकारी र डाक्टर केसी सँगको भेटमा दिएको बचन विपरीत विधेयक आयो । त्यसको विरोधमा डाक्टर केसी १६ औ अनसन सुरु गर्न बाध्य भए । केसीको अनसनलाई बेवास्ता गर्दै सरकार जबरजस्ती विधेयक पारित गर्न तर्फ लाग्यो ।
प्रतिपक्षको अवरोध र डाक्टर केसीको अनसन हुँदा हुँदै उनीहरूसँग वार्ता र छलफलको पहल नै गरिएन । संसदीय अभ्यासमा पनि थुप्रै प्रक्रियागत कमजोरी प्रदर्शन गर्दै विधेयक पारित गरिएको छ । समस्या बढाउन सरकार नै कसिनु विडम्बना हो । सरकार पक्षधरको संसद्मा दुईतिहाई बहुमत रहेको अवस्थामा सभामुख कृष्ण बहादुर महराले संसद्मा विधेयक पारित गराउन देखाएको हतारो अस्वभनिय थियो । हडबड गर्ने क्रममा उनले हुन्छ भन्नु पर्ने क्रममा हुन्न भन्ने माननीय धेरै भएकाले विधेयक पारित गर्छु समेत भन्ने पुगे ।
मुठभेडको स्थिति निम्त्याउन सरकार र सभामुख नै उत्रनुका भित्री रहस्यहरूको आकलन गर्न सकिन्छ । नेकपाका युवा नेता योगेश भट्टराई डाक्टर केसीका माग ९५ प्रतिशत पुरा भएको दोहो¥याउदै आएका छन् । काँग्रेसका नेता गगन थापाको प्रश्न छ पाँच प्रतिशतका लागि सरकार प्रतिपक्षलाई विच्काउदै मुठभेडका लागि तयार देखिएको छ, एउटा सत्याग्रही मरे मरोस् भन्नेमा छ भने त्यो सबै केका लागि ।
नेपालको चिकित्सा क्षेत्रमा मेडिकल कलेज खोल्ने नाममा मौलाउँदो विकृति र विसङ्गतिलाई रोक्न गर्न डाक्टर गोविन्द के सीले सत्याग्रह सुरु गरेका हुन् । नेपाली काँग्रेस, तत्कालीन एमाले र माओवादी नेतृत्वका तिन वटै सरकार विरुद्ध के सीले सत्याग्रह गरेका छन् । सम्झौता लागु नहुँदा उनका माग पनि बढ्दै गएका छन् । त्यस माथि उनलाई आफ्नो निराहार आन्दोलनको शक्तिमा बढी विश्वास जाग्दै गएको देखिन्छ । पवित्र सोच र चाहाना भए पनि उनले आन्दोलनमा सन्तुलनको तह गुमाउँदै नजानिँदो अहङ्कारलाई पनि ठाउँ दिएका छन् । आम मानिसको स्वास्थ्यमा खेलबाड गर्ने विरुद्ध ज्यानै दिन तयार भइसकेको सत्याग्रहमा बढेको आक्रोश र अहङ्कार धेरैका लागि चिन्ताको विषय त छँदै छ । तर उनका मागहरू जायज भएका कारण कसैले उनलाई औला ठड्याउने ठाउँ भने छैन । सत्तासीनहरूलाई भने जहिले पनि डाक्टर केसी भन्दा काला व्यापारी प्यारा भएका छन् ।
जग जाहेर छ । झापाका व्यापारी सिके प्रसाई र नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध । तत्कालीन नेकपा एमाले र माओवादी एकीकरणका क्रममा तीन जनाले प्रसाईको घरमा मार्सी चामलको भात सहित दिवा भोज गरेको तस्बिर सामाजिक सञ्चालमा भाइरत भएको थियो । प्रसाई चिकित्सा शिक्षामा लगानी गरिहेका व्यक्ति हुन् । अर्का तर्फ नेकपाकै सभासद् राजेन्द्र पाण्डेले पनि नेपाली कम्युनिस्ट आन्दोलनका अत्यन्त सम्मानित व्यक्ति मनमोहन अधिकारीको नाममा अस्पताल खोलेर व्यापार गर्दै आएका छन् । यिनै दुई पात्रका लागि केपी ओली इतिहासमा ढँटुवा, धोकेवाज प्रधामन्त्री दहरीन तयार भएका छन् । सभामुख हडबडाउन बाध्य भएका हुन । प्रतिपक्षलाई चिढ्याउन तयार भएका हुन, एउटा सत्याग्रहीको प्राण लिन तयार भएका हुन । त्यसको हो भने त्यो मार्सी चामल मुलुकका लागि अत्यन्त महँगो पर्ने देखिन्छ ।
यो हतकण्डा इतिहासमा सरकार र संसदको  लज्जास्पद कदम दहरिने छ ।

सम्बन्धित समाचार

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै
Breaking News

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन
Breaking News

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह
Breaking News

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

केपी ओलीले अत्याचार गरेपछि यो गठबन्धन बनेको प्रधानमन्त्री देउवाको दावी
Breaking News

प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्न : प्रधानमन्त्री देउवा

मन्त्री आलेको अर्को साहसिक निर्णय, ४२ करोड रोयल्टी नतिर्ने होटल याक एण्ड यतिको इजाजतपत्र रद्द
Breaking News

आलेलाई मन्त्रीको रुपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.