काठमाडौं । आत्मदाह गरेर मृत्यु भएका इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले उठाउका विभिन्न विषयमाथि छानबिन गर्न समिति बनेको छ ।
समितिको संयोजकमा गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसाल रहेका छन् भने अन्य सदस्यहरुमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक रहेका छन् ।
समितिले आचार्यले उठाएका विषयका बारेमा छानबिन गरी सरकारले केके गर्नुपर्ने हो, तत् सम्बन्धमा सुझाव दिने कार्यादेश पाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-