Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फेसबुक किशोर-किशोरीको गोप्य व्यक्तिगत जानकारी बटुल्दै

माघ १७, २०७५ ३:३७ मा प्रकाशित
फेसबुक किशोर-किशोरीको गोप्य व्यक्तिगत जानकारी बटुल्दै
Share on FacebookShare on Twitter

अमेरिका, जनवरी ३१/ प्रविधि सम्बन्धी वेबसाइट टेकक्रन्चको एक प्रतिवेदनका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीहरुलाई प्रति सहभागी २० डलर तिरेर फेसबुकले एक गोप्य अध्ययन गरिरहेको थाहा भएको छ। सो अध्ययनमा सहभागी किशोर-किशोरीहरुका मोबाइल फोन मार्फत अति व्यक्तिगत प्रकृतिका जानकारी संकलन गर्न मिल्ने एप डाउनलोड गरे बापत फेसबुकले अध्ययनमा सहभागी किशोर- किशोरीहरुलाई मासिक २० अमेरिकी डलर तिरेको हो।

फेसबुकले यसका लागि आईफोनमा राख्न मिल्ने एप बनाएको र त्यसले एपलको गोपनीयता संरक्षण नीतिलाई उल्लंघन गर्ने पाइएको छ। टेकक्रन्चले आफ्नो प्रतिवेदनमा फेसबुकले युवायुवतीलाई लक्ष्य गरेर यो कार्यक्रममा सहभागी हुन सामाजिक सञ्जालमा विज्ञापन समेत गरेको बताएता पनि फेसबुकले भने त्यस्तो आरोप अस्वीकार गरेको छ। सो एपले सहभागीहरूको मोबाइल फोनमा रहेका लगभग सबै जानकारी र डेटामा फेसबुकलाई पहुँच दिने बताइन्छ। टेकक्रन्चको खुलासा अनुसार फेसबुकले सो अध्ययनका क्रममा फेसबुकले प्रयोग कर्ताको मोबाइलमा निम्न कुराहरु हेर्न सक्ने जनाइएको छ।

  1. कुराकानी गर्ने एपहरूमा भएका गोप्य सन्देश, तस्बिर, भिडियो र इमेलहरू
  2. विभिन्न वेबसाइटहरू हेरेको जानकारी
  3. कुन एप राखियो र कुन बेला चलाइयो भन्ने जानकारी
  4. मोबाइल प्रयोगकर्ताहरू पुगेका स्थान
  5. इन्टर्नेट प्रयोग हिस्ट्री
  6. अमेजन अन-लाइनमा किनिएका सामानहरूका बारेको जानकारी समेत फेसबुकले मागेको थियो। कतिपय अवस्थामा उनीहरुले अमेजनमा अर्डर गरेको सामानको स्क्रिन-सट समेत मागिएको टेक-क्रन्चको रिपोर्टमा उल्लेख छ। 

बीबीसीका अनुसार अध्ययनमा सहभागी हुनका निम्ति नाम लेखाउने वेब पेजमा जाँदा त्यसमा संकलन गरिने जानकारी फेसबुकको सुविधाहरू सुधार गर्न प्रयोग गरिने जनाइएको थियो। फेसबुकले भने अध्ययनमा सहभागी सबैको सहमति लिइएको र बजार अध्ययन मात्रै गरिएको बताएको छ। यद्यपि टेकक्रन्चले प्रतिवेदन सार्वजनिक भएको केही घण्टापछि फेसबुकले एप्पलका प्रयोगकर्ताहरूकालागि अध्ययन कार्यक्रम अन्त्य गरेको छ। तर एन्ड्रोइड अपरेटिंग सिस्टम भएका मोबाइल फोनहरूमा भने फेसबुकको अध्ययन कायमै रहेको जनाइएको छ।

फेसबुकले हालै एक वक्तब्य जारी गर्दै टेकक्रन्चले त्यस्तो सर्वेक्षण कार्यक्रमका बारेमा बनाएको प्रतिवेदन  सही नभएको बताएको छ। टेकक्रन्च प्रतिवेदनमा फेसबुकले बजार अध्ययनका लागि अपनाएको मूल तथ्यहरूका बारेमा उल्लेख नै नगरेको फेसबुकले आरोप लगाएको छ। यससम्वन्धमा फेसबुकले भनेको छ-“हाम्रो अध्ययनमा केही पनि गोप्य छैन, यसलाई फेसबुक अध्ययन एप भनिएको छ। यो जासुसी होइन किनभने सहभागीहरूलाई पारदर्शी प्रक्रियाबाट सहभागी गराइएको थियो र उनीहरूलाई यसमा सहभागी भएबापत पैसा दिइएको थियो।कुल सहभागी मध्ये पाँच प्रतिशत १३ देखि १८ वर्षका थिए र उनीहरू सबैले अभिभावकको सहमति पत्र दिएका थिए।” फेसबुकले अभिभावकको सहमतिपत्र तेस्रो पक्ष मार्फत लिएको बीबीसीले जनाएको छ।

समाचार स्रोत- बीबीसी नेपाली

तस्बिर: GETTY IMAGES

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result