Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएन अमेरिकामा सदस्यता लिनेको सङ्ख्या न्यून

माघ २१, २०७५ ९:४२ मा प्रकाशित
एनआरएन अमेरिकामा सदस्यता लिनेको सङ्ख्या न्यून
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को /
नेपालीहरूका घना बस्ती रहेका प्रमुख सहर मध्येको एक सानफ्रानसिस्को बे एरियामा विगतमा झैँ मेम्वरसिप ड्राइभमा ऊर्जा भर्ने काम यस पटक कहीँ कतैबाट भएको छैन । स्वतःस्फूर्त रूपमा सदस्यता लिनेको सङ्ख्या पनि न्यून छ । विभिन्न सङ्घ संस्थामा आबद्ध रहेकाहरू, एनआरएनका अभियान्ताहरुको फेसबुक वालमा सदस्यता लिन आग्रह गरिएका पोस्ट र लिङ्कहरू भने छ्यापछ्याप्ति देखिन्छ । यस्ता आह्वानले कुनै प्रभाव पार्न सकेको छैन । यसै बिच विभिन्न राज्यबाट सानफ्रानसिस्को वे एरियामा आएका एनआरएन अमेरिकाका अभियान्ताहरुको आइतबार साँझको उपस्थितिले सुस्त रहेको मेम्वरसिप ड्राइभलाई गति दिन दबाब सिर्जना गरेको छ ।

अमेरिका भित्र पनि टेक्नोलोजी र इनोभेसनको हब मानिने सानफ्रानसिस्को वे एरियामा करिब २५ हजार नेपाली रहेको अनुमान छ । यसको दश प्रतिशत अर्थात् २५ सयलाई एनआरएनको सदस्यता दिलाउन पनि ठुलै मेहनत गर्नु पर्ने देखिन्छ । विगतमा सदस्यता सम्बन्धमा भएको विवाद र अहिले त्यसलाई हल गर्न राखिएका कडा प्रावधानले पनि सदस्यता वितरण र नवीकरणले खासै गति लिन नसकेको हो । मेम्वरसिप लिन स्टेट र फेडरल आइडी वा ड्राइभर लाइसेनको कपि र वेबसाइटमा राखिने व्यक्तिगत बिरण भेरिफिकेशनका नाममा दुरुपयोग र सुरक्षित नहुने आशङ्काले पनि सदस्यता लिन चाहनेहरू हच्किएका छन् ।
गडबडी नहुने दाबी
सानफ्रानसिस्को स्थित प्यालेस अफ स्पाइसमा आइतबार साँझ आयोजित मेम्वरसिप ड्राइभ र अन्तरक्रियामा बोल्दै एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले मेम्वरसिप फर्म भर्दा पेस गरिने विवरण चोरी हुने र दुरुपयोग हुन सक्ने सम्भावना नरहेको जिकिर गरे । साहले भने “कुनै प्रकारको आशङ्का नगरी सदस्यता लिनुस् । वेबसाइटलाई विभिन्न लेएरमा गरिएको सुरक्षाका कारण पनि तपाईँको व्यक्तिगत विवरण सुरक्षित रहन्छ ।” सदस्यता र मतदानका सम्बन्धमा विगतमा भएका कमीकमजोरी माथि नेपाली जनसम्पर्क समिति अमेरिकाका उपसभापति धनन्जयनरसिंह केसीले आक्रमक रूपमा राखेका जिज्ञासालाई साहले सम्बोधन गरेका थिए । विगतका कमजोरी दोहोरिन नदिन वेबसाइटलाई राम्रोसँग बनाएको साहको तर्क थियो । वरिष्ठ उपाध्यक्ष साह एनआरएन अमेरिकाको वेबसाइट निर्माण समितिका संयोजक हुन ।


वेबसाइट निर्माण समितिका सह संयोजक तथा बोर्डर अफ डाइरेक्टर गोपेन्द्र भट्टराईले वेबसाइटमा कुनै गडबवढि नहोस् र व्यक्तिगत विवरण चोरी वा दुरुपयोग नहोस् भनेर वेबसाइट भित्र ७ तहको सुरक्षा घेरा रहेको दाबी गरे । वेबसाइटको कमीकमजोरी माथि प्रश्न उठाउँदै आएका पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्सालले पनि यस पटक सदस्यता र वेबसाइटमा विगतमा जस्तो कमजोरी नहुनेमा आफू ढुक्क भएको बताए ।
एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बनजाडेले अमेरिका आएका मध्ये अहिलेसम्म करिब ३२ हजार नेपालीले मात्र अमेरिकाको पासवर्ड लिएको तथ्य तथ्याङ्क प्रस्तुत गरे । अमेरिकाको मूलधारमा नेपाली अगाडि बढ्न सङ्ख्याको हिसाबले धेरै कठिन भए पनि बिस्तारै अगाडि आएको र त्यसलाई एनअराएनले सहयोग गर्नु पर्ने बताए ।
संस्थाको स्वामित्व ग्रहण गर्न र कमीकमजोरी सुधार गर्न पनि एनआरएनमा सबैले सदस्यता लिनु पर्ने एनआरएन आइसीसी बोर्ड आफ डाइरेक्टर डिल्ली भट्टराईको तर्क थियो । एनआरएन अमेरिका साइन्स टेक्नोलोजी तथा इनोभेशन समितिका संयोजक पशुपति पाण्डेले अमेरिकामा आर्जन गरेको विज्ञतालाई नेपाल र नेपालीको हितमा जोड्न भइरहेका प्रयासहरूको चर्चा गरे । पाण्डेले भने “कुन कुन विधामा के कति नेपालीहरूले अध्ययन, अनुसन्धान, विशेषज्ञता हासिल गरेका छन् भनेर तथ्याङ्क तयार गर्ने काम भइरेको छ ।” एनआरएन र अरू संस्था बिचको भिन्नता बुझ्न नसक्दा प्रतिस्पर्धी नै हो की भन्ने भ्रम कतिपय व्यक्तिहरूमा अझै पनि रहेको बताए । पाण्डेले भने “नेपाली संस्कार संस्कृति, चाडबाड मनाउने मात्र एनआरएनको लक्ष होइन । नेपाल र नेपालीको बृहत्तर हितमा काम गर्ने संस्था हो । जसलाई नेपालको संविधानले देशबाहिर रहेका नेपालीहरूको संस्था हो भनेर चिन्छ ।”

कार्यक्रममा उपाध्यक्ष उमा कार्की थापाले हेल्प डेस्क, पूर्व मिडिया कोर्डिनेटर सर्वज्ञ वाग्लेले आम समुदायको मन जित्न संस्थाले अपनाउनु पर्ने मिडिया रणनीति, बोर्ड अफ डाइरेक्टर विन्दु सापकोटाले सामाजिक सांस्कृतिक गतिविधि , विसकनसिन च्याप्टर सभापति बुद्धि सुवेदीले च्याप्टर र केन्द्र बिचको समन्वय र गतिविधि सम्बन्धमा चर्चा गरे ।

उम्मेदवारी घोषणा
एनआरएन क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको मेम्वरसिप ड्राइभ र अन्तरक्रियामा भाग लिन आएका पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्सालले आसन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे । लम्सालले आर्थिक रूपमा संस्थालाई सबल बनाउन सदस्यहरूलाई लगानीमा सहभागी गराएर लाभान्वित गराउने आफ्नो मूल एजेन्डा रहेको बताए । साइन्स टेक्नोलोजी तथा इनोभेशन समितिका संयोजक पशुपति पाण्डेले पनि आगामी निर्वाचनमा उम्मेदवारको रूपमा आउने घोषणा गरे । पाण्डेले वरिष्ठ उपाध्यक्ष वा महासचिव मध्ये कुनमा उम्मेदवारी दिने भन्ने खुलाएका छैनन् । विसकनसिन च्याप्टर सभापति बुद्धि सुवेदीले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result