Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कमा  सोनाम ल्होछार मनाइयाे 

माघ २१, २०७५ १:०५ मा प्रकाशित
न्युयोर्कमा  सोनाम ल्होछार मनाइयाे 
Share on FacebookShare on Twitter

न्युयोर्क । तामाङ समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा  २८ सय ५५ औँ सोनाम ल्होछार मनाइएकाे छ ।  नेपाली महाबाणिज्यदुतवासका वाणिज्यदुत कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न सोनाम ल्होछारमा न्युयोर्क शहरका काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिज विशेष अतिथि थिए । प्रमुख अतिथि सुवेदीले छोटो समयमा तामाङ समाज अमेरिकाले धेरै रचनात्मक सामाजिक कार्यहरु सम्पन्न गरेर नेपाली डायस्पोरामा प्रमुख भूमिका निर्वाह गरेकोमा  प्रशंसा गरे ।

दोश्रो पुस्तालाई नेपाली र तामाङ भाषाबाट शिक्षित गर्ने कार्यक्रम तामाङ समाज अमेरिकाले संचालन गरेर आफ्नो मौलिक भाषाको प्रवर्द्दन गर्ने कार्य प्रवासमा गरिनु अत्यन्तै सराहनीय रहेको उनले बताए । काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिजको विशेष सहयोगमा न्युयोर्क शहरमा “माउण्ट एभरेस्ट वे” को नामाकरणको घोषणा सभा शीघ्र भविष्यमा गरिने सुवेदीले ल्होछार कार्यक्रमको मंचबाट औपचारिक घोषणा गरे ।

विशेष अतिथि काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिजले आफू नेपाली समुदायबाट अत्यन्तै प्रभावित भएको र नेपाली समुदायको लागि न्युयोर्क शहरमा स्थानीय सरकारबाट उपलब्ध गराउन सकिने हरेक सहयोगका लागि  आफू सधै तयार रहेको  बताए । संघीय सरकार आप्रवासीहरुको हकमा प्रतिकुल देखिए तापनि न्युयोर्कको स्थानीय सरकार आप्रवासीहरुलाई सधै न्यानो स्वागत गरिरहने उसले बताए । तामाङ समाज अमेरिकाका सल्लाहकार भोजराज थोकरले तामाङ समाजले कर्मभुमिमा आफ्नो पहिचानलाई स्थापित गर्दै आफ्नो मौलिकतालाई निरन्तरता दिएकोमा खुलेर प्रशंसा गरे ।

नेपालको नुवाकोट जिल्लामा ट्रक दुर्घटनाबाट पिडित परिवारलाई १ लाख ४० हजार सहयोग गरेको तथा दोलखा र रामेछाप जिल्लाको पवित्र धार्मिक एवं ऐतिहासिक तिर्थस्थल शैलुंग डाँडामा बोधी चैत्य निर्माणको लागि ५ लाख रुपैया चन्दा सहयोग उपलब्ध गराउने जस्ता अनेकन कार्यहरु सम्पन्न गरेर तामाङ समाज अमेरिकाले सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको चर्चा गरे । त्यसैगरेर आफ्नो दोश्रो घर मानिने कर्मभुमि अमेरिकामा हाम्रो दोश्रो पुस्तालाई नेपाली र तामाङ भाषाबाट शिक्षित गराउनु अत्यन्तै खुशीको कुरा भएको उसले बताए । सामाजिक र मानवीय क्षेत्रमा मात्र नभएर स्थानीय मुलधारमा तामाङ समाज अमेरिकाका संरक्षक लुईसाङ वाईबा तामाङ स्थानीय एल्म्हर्स्ट हस्पिटलको कम्युनिटी एडभाइजरी बोर्डमा नियुक्ति हुनु तामाङ समाज अमेरिकाको लागि अर्को महत्वपूर्ण उपलब्धि भएको उसले बताए ।

कार्यक्रमको अध्यक्षता गरेका तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले जन्मभुमि र कर्मभुमि दुवै ठाउँमा तामाङ समाज अमेरिकाले महत्वपूर्ण सहयोगहरु गरिरहने बताइन् । सामाजिक विकासको लागि तामाङ समाज अमेरिका सधै क्रियाशील रहिरहने र तामाङ समुदायको सशक्तिकरणको लागि मात्र नभएर डायसपोराका सिंगो नेपालीहरुको सशक्तिकरणको लागि समेत तामाङ समाज अमेरिका सक्रिय रहेको उनले बताइन् । डायस्पोरामा नेपालीहरुको पहिचानलाई स्थापित गराउन तामाङ समाज अमेरिकाले भविष्यमा महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्ने र अन्य संघ संस्थाहरुसंग रचनात्मक उद्देश्यको लागि हातेमालो गरेर अगाडि बढ्ने उनले बताइन् ।

ल्होछार कार्यक्रम दिउँसो ४ बजे देखि मौलिक परम्परा अनुसार लामा गुरुहरुबाट पूजाआज गरेर प्रारम्भ भएको थियो भने साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरेर समापन गरिएको थियो । तामाङ संगीतलाई प्रवर्द्दन गर्ने उद्देश्यले विभिन्न कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए।त्यसैगरेर तामाङ समाज अमेरिकाको नेपाली (खस) र तामाङ भाषा शिक्षा परियोजना अन्तर्गत नाङ्साल स्कुलका स-साना विधार्थी भाइबहिनिहरुले नेपालको राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा अमेरिकाको राष्ट्रिय गीत पनि बजाइएको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result