फेब्रुअरी ४
नेपाली बालवालिकालाई नेपाली भाषा पढनपाठन गर्दै आएको सिलिकनभ्याली भाषा स्कुलले यसवर्षको वसन्त पंचमी (सरस्वती पूजा) मनाएको छ । सनिभेलको सेरापार्ककमा सिलिकनभ्याली नेपाली भाषा स्कुलले सरस्वती पूजा सम्पन्न गरेको छ । सो कार्यक्रममा अनेसास क्यालिफोर्निया च्यापटर र न्यान्सको पनि सहभागिता रहेको कार्यक्रम पुरोहित चक्रपाणी अर्यालले वैदिक विधिबद्वारा सरस्वतीको पूजा गराएको अभिभावक राजेन्द्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार कार्यक्रममा पूजापश्चात ४८ जना बालबालिकालाई सरस्वतीको प्रतिक स्वरूप कलम कापी वितरण गरिएको थियो भने उपस्थित सबैलाई चिया र प्रसाद व्यवस्था गरिएको थियो ।
भाषा स्कुलकी संस्थापक शिक्षिका गीता बजगाईॅको संयोजनमा भएको कार्यक्रमा सन्नी सगरमाथा समाजका अध्यक्षले चियाको व्यवस्था मिलाएका थिए भने सम्पूर्ण अभिभाकहरूले घरखरबाट प्रसाद ल्याएका थिए । स्कुलले हाल Sunnyvale public library (city of Sunnyvale )को कक्षा कोठामा प्रत्येक आइतबार बेलुका ४-बजे देखि ६ बजेसम्म पठनपाठन सुचारु गरेको छ
भाषा स्कुलले बालवालिकालाई कक्षा कोठामा पठनपाठन मात्रै नगरेर नेपाली चाडपर्व, रितीरिवाज,धर्म संस्कृति इत्यादिको पुस्तातरणको लागि प्रत्यक्ष रूपमा कार्यक्रमहरु गरेको छ । सबैलाई भाषा कक्षा अभियानमा जोडिएर आफ्ना बालबालिका लाई नेपाली भाषा पढ्न एवं लेख्न सिकाउने अभियानमा सहयोग गर्न आग्रह समेत गरेको छ । सो कार्यक्रममा नेपाली कम्युनिटी सेन्टरको भवन खरिदको लागि भाष कक्षाको तर्फवाट सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-