Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्ततः ट्रम्पको संकट टर्यो, महाअभियोग प्रस्ताव सिनेटद्वारा अस्वीकृत

माघ २३, २०७६ ३:०७ मा प्रकाशित
अन्ततः ट्रम्पको संकट टर्यो, महाअभियोग प्रस्ताव सिनेटद्वारा अस्वीकृत
Share on FacebookShare on Twitter

बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क
अमेरिकी राष्ट्रपति डोनल्ड जे ट्रम्प महाअभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुनबाट जोगिएका छन । अमेरिकी सदनको माथिल्लो सदन सिनेटले ट्रम्प विरुद्धको महाअभियोग प्रस्तावलाई अस्वीकृत गरेपछि पुनः राष्ट्रपति हुने दौडमा रहेका ट्रम्पको बाटो केही सजिलो बनेको हो । तीन महिनाभन्दा धेरै समयदेखिको महाअभियोगको प्रक्रियापनि बुधबार सिनेटले अस्वीकृत गरेपछि टुंगीएको छ । यद्यपि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभले भने डोनल्ड ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव पारित गरेको थियो । प्रतिनिधि सभाबाट भने उनी विरुद्ध महाअभियोग लगाइएको दावी डेमोक्रयाट सांसदहरुले गरीरहेका छन । अमेरिकी कानुन अनुसार महाअभियोग पारित हुन सिनेटको दुई तिहाइ बहुमत आवस्यक पर्छ । तर रिपब्लिकनहरुको बाहुल्यता रहेको अमेरिकी सिनेटको बहुमतले नै प्रतिनिधि सभाको प्रस्तावलाई अस्वीकृत गर्यो । अमेरिकी चिफ जष्टिस अर्थात मुख्य न्यायाधीश जोन रर्बर्टसले प्रतिनिधि सभाले पठाएका दुई महाअभियोग आरोपमध्ये पहिलो आरोपका सम्बन्धमा सिनेटरहरुमाझ मतदान गराएका थिए । सिनेटरहरुलाई पहिलो आरोपमा राष्ट्रपति दोषी छन वा छैनन भन्न लगाइएको थियो । त्यसमा ५२ सिनेटरले दोषी छैनन भन्ने पक्षमा मत दिए भने ४८ जनाले दोषी छन भन्ने पक्षमा मत दिएका थिए । त्यसैगरि सेकेण्ड आर्टिकल अफ इम्पिचमेन्ट अर्थात दोस्रो आरोपका सम्बन्धमा राष्ट्रपति दोषी छन वा छैनन भन्न लगाइएको थियो । जसमा ५३ सिनेटरले राष्ट्रपति ट्रम्प निर्दोष छन भन्ने पक्षमा मत दिएका थिए । त्यसै गरी ४७ सिनेटरले दोषी छन भन्ने पक्षमा मत दिएका थिए ।

महाअभियोग प्रस्ताव पारित हुन सिनेटको दुई तिहाई मत आवस्यक पर्छ । तर सामान्य बहुमतपनि महाअभियोगको पक्षमा परेन । महाअभियोगका दुवै प्रस्तावको पक्षमा डेमोक्रयाटहरुले आफ्नो मत दिएका थिए भने पहिलो आरोप अर्थात फ्रष्ट आर्टिकल अफ इम्पिचमेन्टमा उटाहका रिपब्लिकन सिनेटर मिट रोम्नीले प्रस्तावका पक्षमा मत दिएका थिए । जसलाई धेरैले आश्चर्यको रुपमा लिएका छन । मिट रोम्नीमात्र पार्टी लाइन क्रस गर्ने पहिलो सिनेटर बनेका छन । १०० सदस्यीय सिनेटमा ५३ सांसद रिपब्लिकनका छन भने ४७ सांसद डेमोक्रयाटका छन । ट्रम्पमाथी महाअभियोग लगाउन डेमोक्रयाटहरुलाई २० रिपब्लिकनहरुको सायोग चाहिने थियो । जुन असम्भव प्राय नै मानिएको थियो । विल क्लिन्टनपछि महाअभियोगबाट जोगिने र अपराधमुक्त अर्थात इक्विटेड हुने डोनल्ड ट्रम्प पहिलो राष्ट्रपति हुन भने अमेरिकी इतिहासमा दोस्रो राष्ट्रपति हुन । सन १९७४ मा रिचर्ड निक्सनमाथी महाअभियोग प्रस्तावबारे छलफल चलिरहंदा उनले राजिनामा दिएका थिए ।

 
ट्रम्पमाथीका दूई आरोप अर्थात आर्टिकल्ज अफ इम्पिचमेन्ट
प्रतिनिधि सभाले राष्ट्रपति ट्रम्पमाथी दुई अभियोग लगाएको थियो । पहिलो एब्युज अफ पावर अर्थात शक्तिको दूरुपयोग दोस्रो आरोप अब्स्ट्रक्सन अफ कंग्रेस अर्थात सदनलाई अबरोध ।

आरोप एक–फ्रष्ट आर्टिकल अफ इम्पिचमेन्ट अर्थात एबुज अफ पावर(शक्तिको दूरुपयोग)

पहिलो आरोपका सम्बन्धमा ट्रम्पले युक्रेनमाथी डेमोक्रयाटीक सांसद तथा पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरामाथी छानविन गर्न दवाव दिएको भन्ने थियो । यसले कन्स्पीरेसी थोरी अर्थात षडयन्त्रको सिद्धान्तको प्रयोग गरेको आरोप ट्रम्पमाथी लाग्यो । यसको अर्थ राष्ट्रपतिका सम्भावित उमेदवार विरुद्ध छानविन गर्न विदेशी राष्ट्रलाई दवाव दिएको तथा आफ्नो पदीय शक्तिको दूरुपयोग व्यक्तिगत फाइदाका लागि गरेको आरोप डेमोक्रयाटहरुले लगाएका थिए । ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई फोन नै गरी बाइडेन र उनको व्यवसाय उपर छानविन नगरे अमेरिकाले दिंदै आएको अनुदान रोकिदिने धम्की दिएका थिए । यसलाई राष्ट्रपतीय शक्ति आफ्नो व्यक्तिगत फाइदा अर्थात पुनः निर्वाचित हुने ध्याउन्नले दूरुपयोग गरिएको दावी विपक्षीहरुले लगाएका थिए । ट्रम्पको रवैया र गतिविधिले अमेरिकी प्रजातन्त्रलाई नै कमजोर बनाएको तथा अन्तर्राष्ट्रिय स्तरमा अमेरिकी प्रभाव कमजोर हुंदैै गएको दावी डेमोक्रयाटहरुले लगाइरहेका छन । यसमा ट्रम्पका पूर्व महान्यायाधीवक्ता रुडी जुलीयानीले महत्वपुर्ण भुमिका खेलेको दावी गरिएको छ ।

दोस्रो आरोप– सेकेण्ड आर्टिकल अफ इम्पिचमेन्ट अर्थात अब्स्ट्रक्सन अफ कंग्रेस (सदनलाई अवरोध)
ट्रम्पमाथी लागेको दोस्रो आरोप सदनलाई अवरोध गरेको भन्ने हो । राष्ट्रपतिले छानविनमा अवरोध गरेको, प्रमाणहरु नष्ट गरेको तथा पदीय शक्तिका कारण कंग्रेसको छानविनमा सहयोग गर्नुको साटो उल्टो अवरोध पुर्याएको भन्ने हो । सरकारी निकाय तथा व्यक्तिहरुलाई पनि छानविनमा असहयोग गर्न दवाव दिएको आरोप डेमोक्रयाटहरुले लगाएका छन । ट्रम्पले अमेरिकी संबिधानको उलंघनमात्र गरेका होइनन अधिनायकवादी चरित्र देखाएको आरोप लगाइएको छ । यद्यपि दुवै आरोपहरु निराधार भएको ट्रम्प र रिपब्लिकनहरुले बताउंदै आएका थिए । मतदान हुनु अघि अमेरिकी सिनेटमा तीन दिनसम्म डेमोक्रयाटहरुलाई प्रस्तावको पक्षमा र तीन दिनसम्म राष्ट्रपतिका कानुनी टोलीलाई आफ्नो धारणा राख्न समय दिइएको थियो । त्यसपछि प्रश्नोत्तरको समयपनि दुवै पक्षलाई बराबरी छुट्ट्याइएको थियो । डेमोक्रयाटहरुले महाअभियो लगाउनु पर्नेबारे आफ्नो धारणा राखेका थिए भने राष्ट्रपतिको कानुनी टोलीले महाअभियोगका लागि आरोप प्रर्याप्त नभएको तर्क गरेका थिए ।
महाअभियोग प्रस्ताव सिनेटले अस्वीकृत गरेपछि ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले महाअभियोगकोे छलीबाट मुलुकले जितेको र यसबारे विहिवार आफ्नो धारणा राख्ने लेखेका छन ।

तस्विरःएजेन्सी

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result