काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चरम अवसरवादी भएको आरोप लगाउँदै उनको चरित्र ‘भित्र खाओवाद, बाहिर माओवाद’ रहेको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद माछा देखे भित्र हात,सर्प देखे बाहिर हात’ भनेका हुन् ।
कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशोधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितको समय माग गरेको खुलेको थियो ।
नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-