Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नेपाली विद्यार्थी मृत अवस्थामा भेटिए

माघ २५, २०७५ १:१४ मा प्रकाशित
अमेरिकामा नेपाली विद्यार्थी मृत अवस्थामा भेटिए
Share on FacebookShare on Twitter

 अमेरिका /

सानफ्रानसिस्को बे एरियाको नेपाली समुदायमा एक पछि अर्को दुखद खबर थपिरहेको छ । अमेरिकामा अध्ययनरत २५ वर्षीय नेपाली विद्यार्थी कुशल शर्मा हराएको एक महिना पछि मृत अवस्थामा फेला परेका छन् । सिलिकन भ्यालीको सान्तक्लारामा गुडिरहेको ट्रेनसँग ठोकिएर शर्माको निधन भएको प्रहरीले जनाएको छ । स्थानीय न्युज च्यानल एनवीसी र दी मर्करी न्युजले प्रहरीलाई उद्धृत गर्दै पैदल यात्रीका लागि निषेध गरेको ठाउँमा गएर कुशल ट्रेनमा ठोकिएको जनाएका छन् । तत्काल घटनास्थलमा पुगेको प्रहरी टोलीले उनको फिंगरप्रिन्ट अध्ययन गरेर मृतक कुशल शर्मा नै भएको ठहर गरेको थियो ।
घटनाको लगतै उनको ठेगानामा पत्राचार गरी परिवारलाई जानकारी दिन प्रहरीले प्रयास गरेको जनाएको छ । उनको परिवार केही महिना अगाडि अर्को अपार्टमेन्टमा सरेका कारण कुशलको मृत्यु भएको एक महिनासम्म प्रहरी उनको परिवारसँग पुग्न सकेन । परिवार स्रोतका अनुसनर केही दिन अगाडि प्रहरीले कुशलको शव अस्पतालमा रहेको परिवारलाई जानकारी गरायो । गत बुधवार नेपालीहरूको संस्था सन्निसगरमाथा समाजको सहयोगमा परिवारका सदस्यहरूले शव दाह गरेका छन् ।
उनी सन्निभेल स्थित हाइल्यान्डर अपार्टमेन्टमा आमा जयन्ती बस्नेत र बाबा दीपक तिवारीका साथमा वस्तै आएका थिए । कुशल डिएनजा कलेजमा अध्यनरत विद्यार्थी हुन् । डिसेम्बर २५ तारिख आफू वस्तै आएको अपार्टमेन्टमा एक जना मेक्सिकनसँग भएको झगडा पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यस पछि उनी घर फर्किएनन् । उनको खोजीमा गएका परिवारका सदस्यलाई प्रहरीले आवश्यक अनुसन्धान पछि त्यसै दिन छोडेको प्रहरीले बतायो । त्यसको भोलिपल्ट ट्रेनमा ठोकिएर उनको मृत्यु भएको प्रहरीले उपलब्ध गराएको घटना विवरणमा उल्लेख छ । सन्नी सगरमाथा समाजका अध्यक्ष सन्तोष गिरीका अनुसार कुशल नेपाली सङ्घ संस्थाले आयोजना गर्ने खेलकुदमा सहभागी भइरहन्थे । उनी राम्रो फुटबल खेलाडी हुन् ।
दुई महिना अगाडि सन्नीभेलको हाइल्यान्डर अपार्र्टमेन्टमा नै वस्तै आएका अर्का नेपाली विद्यार्थी गणेश तिवारीले झुन्डिएर आत्म हत्या गरेका थिए । त्यस अघि सेक्टेम्वरमा अर्का नेपाली विद्यार्थी सन्जित भट्टले समुन्द्रमा हाम फालेर आत्महत्या गरेका थिए । दुई वर्ष बिचमा सानफ्रानसिस्को बे एरियामा पाँच जना नेपाली विद्यार्थीले आत्महत्या गरिसकेका छन् । डिप्रेसन र लागू औषधको कुलतका कारण यस्ता घटना बढेको हुन सक्ने मनोविज्ञहरुको अनुमान छ । यस क्षेत्रका युवा विद्यार्थीहरूलाई सहभागी गराएर उनीहरूलाई जीवन प्रति आशातीत बनाउन केही कार्यक्रम गर्ने सोचाइमा आफू रहेको सन्निसगरमाथा समाजका अध्यक्ष सन्तोष गिरी बताउँछन् ।
तस्बिर :सन्निसगरमाथा समाजको फेसबुकवाल र दी मर्करी न्युज

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवाको सरकारी वकिललाई आग्रह : निष्पक्ष भएर काम गर्नुस्
Breaking News

शिक्षकका समस्या समाधान हुनेगरी मात्रै विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली
Breaking News

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम कांग्रेसले गर्नुपर्ने महामन्त्री थापाको धारणा
Breaking News

अतुलनीय योगदान दिएका व्यक्तिबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने महामन्त्री थापाको धारणा

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
Breaking News

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

‘मोती जयन्ती तथा बालप्रतिभा’ कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘मोती जयन्ती तथा बालप्रतिभा’ कार्यक्रम सम्पन्न

‘क्रियटिभ नेपाल’को अध्यक्षमा कमल श्रेष्ठ निर्विरोध निर्वाचित
अमेरिका समाचार

‘क्रियटिभ नेपाल’को अध्यक्षमा कमल श्रेष्ठ निर्विरोध निर्वाचित

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result