Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा एनआरएनएको आवश्यकता र यसको गरिमा

माघ २६, २०७५ ७:२८ मा प्रकाशित
अमेरिकामा एनआरएनएको आवश्यकता र यसको गरिमा
Share on FacebookShare on Twitter

पशुपति पाण्डे

विदेशी भूमिमा नेपाली भन्ने बित्तिकै सहयोगी, निश्छल, स्वाभिमानी, सरल, निष्कपट, साहसी, र बहादुर भनेर चिनिने एउटा जमाना थियो । जमनासँगै स्वभाव, परिचय र पहिचान सबै फेरिएको छ । आपसमा अविश्वास, शङ्का उपशङ्का, तिरस्कार, घृणा र द्वन्दले नेपालीहरूको मन मस्तिष्क र विश्वासलाई छियाछिया बनाउँदै लगेको छ । अन्ततः अहिलेको परिवेश र परिस्थितिमा हामी गुज्रिएका छौ ।

हिजो जस्तो एकाध व्यक्ति मात्र विदेशीएको अवस्था रहेन । प्रत्येक घरबाट कोही न कोही विदेशिएकै छन् । कुल जनसङ्ख्याको झन्डै २० प्रतिशत अर्थात् करिब ६० लाख नेपाली देश बाहिर रहेको अनुमान छ । अन्ततः नेपालको संविधानमा देश बाहिर रहेका नेपालीलाई गैह्र आवासीय नेपाली भनेर सम्बोधन गर्नु पर्‍यो । र नेपाल सरकारले पनि विदेश बस्ने नेपालीलाई गैह्र आवासीय नेपाली सङ्गठन एनआरएन मार्फत हरेक हिसाबले नेपालसँग जोडिन सक्ने मान्यता प्रदान गर्‍यो । नेपाल सरकारले कुनै पक्षबाट पहिचान नगरिएका लाहुरेबाट आफ्नो पहिचान सहितको गैह्र आवासीय नेपाली बन्दासम्मको यात्रामा एनआरएनका अभियान्ताहरुले धेरै रगत पसिना बगाएका छन् ।

विदेशमा बस्नेहरूले खुन पसिना बगाएर, सबै खालका जोखिम उठाएर कमाएको पैसा देशमा पुगेकै कारण राज्य सञ्चालनको आधार वनेको छ । बाहिर बस्ने नेपालीले कमाएर नेपालमा गरेको लगानीले हजारौँ नेपालीले रोजगारी पाएका छन् । तर बाहिर बस्ने हामी नेपालीलाई गैह्र आवासीय नेपाली एनआरएन भनेर संविधानमा लेखाउन र सरकारबाट राजनीतिक अधिकार बाहेक सबै कुरामा सहभागी हुन सक्ने मान्यता लिन धेरै सङ्घर्ष गर्नु पर्‍यो ।

अमेरिका जस्तो वैभवशाली मुलुकमा आएर बसोबास गर्दै गरेकाहरूलाई नै एनआरएन आफ्नै पहिचानको धरोहर हो भन्ने बुझ्नु र बुझाउनु पर्ने अवस्था रहँदासम्म सधैँ नै एनआरएनको सदस्यता किन लिने भन्ने प्रश्न आइरहन्छ ।

अहिले पनि कसैले सदस्य बन्न अनुरोध गर्‍यो भने हामी मध्ये धेरै जनाको पहिलो प्रश्न , यसबाट के फाइदा हुन्छ ? उत्तर सहज छ,  पहिचानको आधार हो । मर्दापर्दाको सहयोगी हो । भूकम्प होस वा बाढी पहिरो एनआरएनले धेरैलाई राहत र मलमपट्टि गरेकै छ । विदेशमा दुर्घटना वा मृत्यु हुँदा भ्याए र सकेसम्म उद्धार र सहयोग पनि गर्छ । यति गरेर पुग्यो भन्न खोजेको बिलकुललै हैन । यो काम त विदेशमा रहने नेपालीहरूका अरू सङ्घ संस्थाले क्षमता अनुसार गरिरहेकै छन् । एनआरएन धेरै योजनाबद्ध ढङ्गले बढ्न खोजिरहेको छ । अरू सङ्घ संस्था र एनआरएन बिचमा आधारभूत भिन्नता छन्

यसको पृष्ठभूमि तर्फ फर्किएर हेर्ने हो भने एनआरएनए अमेरिका सन २००३ देखि कोर्डिनेशन कमिटीको नामबाट सुरु भएको पाइन्छ । तर यसले आफ्नो उचाइ सन् २०१२ देखि लियो । सन २०१० भन्दा पहिला काम नभएको भन्न खोजिएको पक्कै होइन । त्यस अवस्थामा एनआरएनए अमेरिका शुरुवातको क्रममा थियो र यसले आफ्नो परिचय अमेरिकामा बस्ने आम नेपाली माझ पुराउन सकिरहेको थिएन । जब अमेरिकामा स्टेट च्याप्टरको अवधारणा ल्याइयो तब मात्र प्रत्येक राज्यमा यसको प्रभाव र पहुँच विस्तार भयो । च्याप्टरको अवधारणा ल्याउँदा यसको आवश्यकता नेपाली समुदायलाई बुझाउनु पर्ने थियो । सङ्गठन विस्तार भए पनि यसको आवश्यकता र महत्त्व राम्रोसँग बुझाउन नसक्दा प्रश्नहरू जन्मिएका हुन् । यो कार्यमा हामी चुकेकै हो ।

कतिपय नेपाली समुदाय विभिन्न राज्यमा दर्ता भई २० वर्ष भन्दा पहिला देखि आफ्नो उद्घेश्यलाई जिवन्तता दिइरहेका छन् भने कति पय संस्थाहरू बन्द पनि भएका छन् । विभिन्न राज्यमा स्थापित नेपाली संस्थाको प्रमुख उद्घेश्य भनेको आफ्नो रितीरीवाजलाई संरक्षण गर्ने र स्थानीय स्तरमा कुनै पनि समस्या परेको अवस्थामा कुनै पनि नेपाली समुदाय वा परिवारलाई सहयोग गर्ने तथा आपत्कालीन अवस्थामा जन्मभूमि नेपाल राष्ट्रलाई सहयोग गर्ने भन्ने हो । तर एनआरएनएको उद्घेश्य स्थानीय तहका संस्थाहरू सँग प्रतिस्पर्धा गर्ने वा तिनै संस्थाले गर्ने कार्यक्रम गर्ने भन्ने जस्तो समाजमा जुन दोधार देखिएको छ त्यो भने पक्कै होइन । एनआरएन मात्र एक यस्तो संस्था हो जुन विदेशमा अवस्थित संस्थाहरू मध्ये नेपाल राष्ट्रले पहिचान गरेको संस्था हो ।

यसको प्रमुख कार्य प्रवास तथा नेपालको नीति निर्माणमा प्रवासीहरूको अनुकूल नीति निर्माण बनाउन भाग लिँदै ईमिग्रेसन सम्बन्धी सहयोगीको भूमिका खेल्ने (जस्तै टि पी एस) नेपालको आर्थिक बृद्घिदरका लागी सहयोग गर्ने, विदेशी सिपहरूलाई नेपालमा भित्रयाउने हुनु पर्दछ । त्यसै गरी प्रवासमा रहेका नेपालीहरूको आर्थिक जीवनस्तर बृद्घि गर्न सहयोग गर्ने, स्वास्थ्य बिमा तथा निबृतीभरण योजनाको जनचेतना जगाउने, कुनै पनि नेपालीलाई आपत्कालीन अवस्थामा सहयोग गर्ने, बिधार्थीहरुको समस्यालाई समस्या अनुकूल समस्याको समाधान गर्ने किसिमका भूमिका निर्वाह गर्ने हो । यस्ता धेरै कुराहरू एनआरएनको एजेन्डा हुनु पर्दछ । माथि चर्चा गरिएका कतिपय कामहरूको सुरुवात पनि भइसकेको छ । धेरै कुराहरू व्यवहारमा आउन र लागु हुन वाकी छ ।यसको प्रमुख कारण निर्दिष्ट कार्य योजना नहुनु, नेतृत्व चुनाव पछि निर्वाचनमा भएका गल्तीहरूलाई सम्बोधन गर्नमै व्यस्त हुनु, विभागहरूले जिम्मेवारी अनुरूप कार्य गर्न नसक्नु, केही राजनीति रङ्गको तरङ्ग आउनु आदि पर्दछन् ।

एनआरएनले पक्कै पनि सबै समस्या सम्बोधन गर्न सक्दैन । तर गरेका कार्यहरू तथा समस्याहरूलाई प्रस्ट आम समाजमा लान सक्नु पर्दछ । यसरी जानकारी मूलक कार्य गर्दा विदेशमा बस्नुहुने आम नेपालीको सल्लाह सुझावलाई सकारात्मक रूपमा लिएर आगामी कार्य योजना बनाउन पर्ने देखिन्छ ।
स्थानीय स्तरको अन्य नेपाली समुदायको एनआरएन प्रतिस्पर्धी पक्कै होइन । यदि कुनै एनआरएन स्थानीय च्याप्टरले स्थानीय नेपाली सङ्घ सस्थाहरुले गर्ने कार्य गर्दछ भने त्यस्तो गर्नु हुँदैन । किनकि यसको उद्घेश्य फरक छ, साथै गर्न खोज्ने हो भने गर्नु पर्ने कार्यहरू प्रशस्त छन् । स्थानीय संस्थाहरूले पनि जसरी अन्य नेपाली संस्था स्टेटमा दर्ता भएर प्रक्रियामा आउँदा वा समाजमा काम गर्दा जसरी सामान्य रूपमा हेर्नु हुन्छ त्यसरी नै एनआरएन पनि हामी सबै नेपालीहरूको लागी खोलिएको संस्था हो र यसलाई आफ्नो प्रतिस्पर्धीको रूपमा लीने होइन की सहयोगीको रूपमा हेर्नु पर्दछ ।

अन्तमा, एनआरएन हामी सबैको साझा संस्था हो जसले एउटा समुदायलाई मात्र नभएर विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूका लागी कार्य गरी रहेको छ जसको उदाहरण स्वरूप दोहोरो नागरिकताको लागी लडिरहेको छ । भविष्यमा हामीले अनुमान गर्न नसकेको धेरै कुराहरू आउन सक्दछन् जुन एनआरएनले मात्र लड्ने सामर्थ्य राख्दछ । तसर्थ हामी सबैले एनआरएन हामीहरूको लागी हो र यसलाई मजबुत संस्थागत गर्ने हाम्रो कर्तव्य हो भन्ने रूपमा लिनु पर्दछ ।

२ वर्षका लागी सदस्य शुल्क बापत तिरेको २० डलरले समाजीक जीवनमा सकारात्मक प्रभाव पार्दछ, अरू कसैको जीवनमा कल्याण गर्दछ भने २० डलर तिरेर सदस्यता लिन किन रोकिने । नकारात्मक सोच बनाउनु भन्दा हामी सबै मिलेर यसको राम्रोको लागी र यसको स्थापनाको उद्घेश्य अनुरूप कार्य योजना ल्याउन र कार्यन्वयन गर्नमा हाम्रो भूमिका हुनु पर्दछ । अनि मात्र यो संस्था हामी सबैको साझा संस्था भएर हाम्रो लागी कार्य गर्न सक्दछ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result