काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्राले नेपाल भ्रमण गर्ने भएका छन्। उनी आगामी फागुन १ देखि ३ गतेसम्म नेपालमा आउन लागेका हुन् । क्वात्रा नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउन लागेको बताइएको छ ।
दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको विदेश मन्त्रालयको दाबी छ। भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने बताइएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-