काठमाडौं । नेपाली कांग्रेसले विविध कारण जिल्ला अधिवेशन हुन नसकेको १६ जिल्लाको अधिवेशन फागुन १३ गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १३ अधिवेशन गर्ने तय गरिएको जानकारी दिएका हुन् ।
घिमिरेका अनुसार फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ । पछिल्लो पटक कांग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो । त्यसअघि अनिश्चित बनेको अधिवेशन पुनः गर्न कांग्रेस जुटेको हो ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गर्न सकेको थिएन ।
प्रतिक्रिया लेख्नुहोस्:-