काठमाडौं । एमसीसी सम्बन्धी सत्तारुढ दल नै विभाजित रहेको अवस्थामा यसबारेमा गहन छलफल गर्न गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालबीच आज (शनिबार) छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच सघन छलफल भएको हो । प्रधानमन्त्री देउवा एमसीसीलाई संसदमा टेवल गरेर तत्कालै पास गर्ने पक्षमा छन् भने अरु दुई नेता संशोधनविना कुनै पनि हालतमा पास गर्न नहुनेमा दृढ रहेका छन् । यसका साथै आसन्न स्थानीय निर्वाचन लगायतका विषयमा पनि शीर्ष नेताहरुबीच छलफल चलिरहेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-