Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनको सरभर डाउन, सदस्य बन्न चाहनेलाई समस्या

फाल्गुन २, २०७५ ९:४५ मा प्रकाशित
एनआरएनको सरभर डाउन, सदस्य बन्न चाहनेलाई समस्या
Share on FacebookShare on Twitter

अमेरिका, फेब्रुवरी १४ । सदस्यताका लागि आवेदन फर्म भर्न केही घण्टा बाकी रहँदा गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको वेबसाइटमा देखिएको ‘ सरभर इरर’ का कारण सदस्यता लिन चाहनेहरूलाई समस्या भइरहेको छ । 

फोटो, डकुमेन्ट र इन्फरमेसन राखिसकेपछि समिट गर्न साथ ‘इन्टरनल सरभर इरर’ भनेर देखाउँछ । फर्म समिट नभएपछि फोनमा कोड र इमेलमा लिङ्क आउने सम्भावना नै रहेन । 

एनआरएनए अमेरिकाले वेबसाइट र सर्वरमा आउन सक्ने समस्या समाधान र निगरानीका लागि गठन गरेको आइटी टिमका  संयोजक स्वराज खातीले एक इमेल मार्फत ‘सरभर इरर’ भएको पुष्टि गरेका छन् । आईटी टिम संयोजक स्वराज खातीले दूरबिन नेपालसँग कुरा गर्दै भने “ओभर ट्राफिकिङका कारण यस्तो भएको हुन सक्छ । हामीले इमेल गरेर भेण्डरलाई जानकारी गराएका छौ । समस्या पहिचान गर्न काम गरिरहेको इमेल मार्फत हामीलाई जानकारी गराएको छ ।” तर के कारण समस्या भयो भन्ने खुलाएको छैन । दुई साता बिचमा सरभरमा समस्या देखिएको यो तेस्रो पटक हो ।  दूरबिन नेपालसँग कुरा गर्दै अध्यक्ष  केशव पौडेलले समस्याको पहिचान गरी भेन्डरसँग सम्पर्क गरेर आइटी टिमले छिटै समस्या हल गर्ने बताए ।

 

घटनालाई नजिकबाट हेरिरहेकाहरूले  सदस्यता फर्म लिने समय १५ तारिख मिलाउने क्रममा एप्लिकेशन र  सरभरको बिचमा इरर भएको हुनसक्ने आशङ्का गरेका छन् । यो समस्या छिटै समाधान हुनसक्ने उनीहरूको अनुमान छ । 

एनआरएनए अमेरिका प्रवक्ता विनोद कुमार तिवारीले दूरबिन नेपालसँग समस्या समाधानका लागि आइटी टिम संयोजक स्वराज खातीले भेण्डरसँग मिलेर काम गरिरहेको बताए । तिवारीले भने “एक दिनमा १५ हजार एप्लिकेशन आएपनि वेबसाइटले धान्न सक्छ । तर अरू समस्या के के हुन भनेर थाहा भएन ।” 

वेबसाइट निर्माण समिति संयोजक वरिष्ठ उपाध्यक्ष सुनिल साहले वेबसाइटमा सदस्यताको आवेदन धान्न सक्ने प्रशस्त क्षमता भएको दाबी गरे । तर अहिलेको समस्या के हो भन्ने प्रश्नको जवाफमा साहले वेबसाइटमा आफ्नो एक्सेस नरहेका कारण समस्या के हो भनेर हेरिरहेको आइटी टिमसँग सम्पर्क गर्न सुझाव दिए । 

 

शंकै शङ्का 

  

सदस्यता लिने क्रम धेरै हुने समयमा समस्या देखिनुलाई सामाजिक सञ्जालमा विभिन्न प्रकार अर्थ्याइएको देखिन्छ ।  प्रवासी मञ्चले सङ्गठित रूपमा र जनसम्पर्क समितिका कतिपयले व्यक्तिगत तवरबाट गुगल फोन लिएर निकट व्यक्तिको आइडी सङ्कलन गरी नक्कली इमेल बनाएर सदस्यता बनाइरहेको टीकाटिप्पणी सामाजिक सञ्जालमा भेटिन्छ । 

यी हल्लाहरूलाई पुष्टि गर्न सक्ने आधार भने अहिलेसम्म भेटिएको छैन । सदस्यता बनाउने क्रममा केही गलत अभ्यास भएको हल्ला आफूले पनि सुनेको तर त्यसलाई पुष्टि गर्ने तथ्य आफूले फेला नपारेको पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्सालले बताए  । लम्सालले भने “यसलाई छानबिन समितिले हेर्नु पर्छ । कुनै पनि हल्ला र प्राविधिक समस्या देखाएर सदस्यता लिने अवधि थप्न राम्रो हुँदैन ।”

सदस्यता फर्म भर्ने अन्तिम समयमा दुई वर्ष अगाडि वेबसाइट र  सरभरमा यस्तै समस्या आएको थियो । अध्यक्षमा प्रतिस्पर्धा गर्न तम्सीएका टेक्ससका एक व्यापारीले एनआरएनको वेबसाइट ह्याक गरी सदस्यहरूको पर्सनल डाटा लिएर आउटलुकबाट नयाँ इमेल तयार पारी दुई घण्टामा दुई हजार नक्कली सदस्य बनाएर एनआरएनको वेबसाइटमा छिराएका थिए । त्यसको अतिरिक्त विभिन्न राज्यमा रहेका नेपाली सङ्घ संस्थाबाट त्यस क्षेत्रका व्यक्तिहरूको नाम ठेगाना र विवरण लिए पैसाको बलमा अरू २५ सय नक्कली  सदस्यता निर्माण गरेका थिए । 

एनआरएन अमेरिकाको छानबिन समितिले नक्कली सदस्यता बनाएको कुरालाई पुष्टि गर्यो। यी मध्ये ३१ सय भन्दा बढी नक्कली सदस्यलाई छानबिन समितिले खारेज गरिदिएको थियो ।

    अमेरिकामा बस्ने सबै नेपालीलाई आतङ्कित बनाएको दुई वर्ष अघिको यही घटनाले गर्दा अहिले बजारमा धेरै खालका शङ्का र हल्लालाई बल पुर्याएको छ । यही घटनाका कारण एनआरएन अमेरिकाले यस पटक केही सुरक्षित वेबसाइट बनाएको हो ।  यस पटक आवेदन दिइसके पछि इमेलमा लिङ्क आउने र मोबाइलमा भेरिफिकेशन कोड आउने हुँदा त्यसरी सदस्य बनाउन प्राय असम्भव छ । 

वेबसाइट निर्माण समितिका सहसंयोजक गोपेन्द्र भट्टराईले दिँदै आएको सार्वजनिक अभिव्यक्ति अनुसार सात तहको सुरक्षा घेराका कारण यस पटक कसैले पनि ठुलो सङ्ख्यामा बदमासी गर्न सक्ने सम्भावना न्यून छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result