काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने भएको छ। आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर फागुन ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बुधबारको बैठकमा आन्दोलन मूल समिति संयोजकसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनी, आन्दोलन परिचालन समिति संयोजक धवलशमशेर राणा, पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, उपत्यकाभित्रका जिल्ला अध्यक्षहरूलगायत सहभागी थिए।
प्रतिक्रिया लेख्नुहोस्:-