रिचमाण्ड क्यालिफोर्निया
फेब्रुअरी १४
रिचमण्डमा नेपालीहरुको अग्रसरतामा स्थापना गरिएको मुक्तिनाथधाममा बसन्तपंचमीको अवसरमा आज बुधवार विहान सरस्वती पुजा सम्पन्न भएको छ ।
बे एरियाका बालबालिका तथा अभिभावकहरु र मन्दिर परिसरमा उपस्थित भइ सरस्वतीको बन्दना र पुजाआजा सम्पन्न गरिएको मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले बताए ।
उनका अनुसार बिहानैदेखि बालवालिका र अभिभावकहरु मन्दिर परिसरमा उपस्थित भएर सरस्वतीको पुजाअर्चना गरेका थिए । “नर्दन क्यालिफोर्नियामा नेपालीहरुको आफ्नै मन्दिरमा पुजा भएको यो पहिलो पटक हो,” अध्यक्ष पाण्डेले भने-“कमसेकमपनि नेपालीका बालबालिकाले आफ्नै मन्दिरमा पुजाअर्चना र सरस्वती बन्दना गर्ने अवसर पाए “।
अध्यक्ष पाण्डेले आगामी महाशिवरात्रीको अवसरमा प्राणप्रतिष्ठान भएपछि सबै धार्मिक एवं सामाजिक कार्यक्रमको लागि मन्दिर खुल्ला रहने जानकारी दिदै आगामी फागुन २५ गते महाशिवरात्रीमा हुने कार्यक्रममा सहभागी हुन बे एरियाका सबै नेपालीलाई आग्रह समेत गरे ।
यसैगरि, मुक्तिनाथ धाममै विगत केही दिनदेखी नियमित रुपमा स्वस्थानीबाचन एवं भजनकीर्तिन भइरहेको मुक्तिनाथ धामका सल्लाहकार राजेश थापाले बताए । हरेक दिन सांझको भजनकीर्तिनमा धेरै झक्तजनको सहभागीता हुने गरेको र हरेक आइतवार विशेष भजनकीर्तन कार्यक्रम हुने गरेको थापाले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-