Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा सदस्यता लिन चाहनेलाई रोकिनु विडम्बना

फाल्गुन ४, २०७५ १०:०९ मा प्रकाशित
एनआरएनए अमेरिकामा सदस्यता लिन चाहनेलाई रोकिनु विडम्बना
Share on FacebookShare on Twitter

तोया दाहाल-

समाचार टिप्पणी /

फेब्रुअरी १६/

प्राविधिक हिसाबले सात तहको सुरक्षा घेरा, फोन र इमेलबाट दोहोरो भेरिफिकेशन, र हज्जारौले एकै पटक सदस्यता लिँदा पनि कुनै समस्या आउन नसक्ने गरी बनाएको भनी झ्याली पिटेको एनआरएनए अमेरिकाको वेबसाइट र सरभरमा सदस्यता लिने समय ७२ घण्टा वाकी रहँदा देखिएको समस्याले अमेरिकामा बस्ने नेपाली बिचमा तरङ्ग ल्यायो । सदस्यता लिन फर्म भर्नेको सङ्ख्या बढेको वेला समस्या आउँदा आक्रोश मिश्रित बहस हुनु स्वाभाविक पनि हो । यो समस्याबाट पीडित भएकाहरूको आक्रोश सामाजिक सञ्जालमा छताछुल्ल भएको छ।

 

यही समस्याका कारण एनआरएन अमेरिका सदस्यता छानबिन समिति संयोजक रामकुमार सुवेदीले आफ्नी श्रीमतीलाई सदस्य बनाउन सकेनन् । नेपाली जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष धनन्जयनरसिंह केसी र न्यूयोकका अध्यक्ष रोशन ढुङ्गानाले आफन्त र परिवारका सदस्यलाई एनआरएनको सदस्य बनाउन पाएनन् । एनआरएनए अध्यक्ष डाक्टर केशव पौडेलका साला प्रभात सापकोटाले श्रीमती र आफन्तहरूलाई सदस्यता दिलाउन सकेनन् । सन्नीभेलका विनोद पौडेललाई पनि सदस्यता लिन र आफन्तलाई सदस्य बनाउन उस्तै सकस भयो । यस्तो पिडाको लामो फेहरिस्त तयार गर्न सकिन्छ । समाजको नेतृत्व गर्छु भन्नेहरू नै अन्तिम समय सम्म सदस्यता नलिने र लास्ट आवरमा सदस्यता लिन पाइएन भनेर हल्ला गर्नु आफैमा लाजमर्दो कुरा हो ।

 

सदस्यता लिन नपाएकाहरूले सामाजिक सञ्जालमा राखेका कुराहरूलाई टिपन टापन गर्ने हो भने पनि पछिल्लो ७२ घण्टामा सरभरमा बारम्बार आएको समस्याले करिब २५ सय भन्दा बढिलाई सदस्यताको अवसरबाट विमुख गराएको देखिन्छ । एनआरएन अमेरिकाका लागि यो सर्वाधिक लज्जाको विषय हो । समय बढाउँदा संस्था कब्जा गर्न सदस्यता अवधि बढाएको आरोप खेप्नु भन्दा प्राविधिक कमजोरी र समस्यालाई थाती राखेर सदस्य बन्न चाहने सयौलाई वञ्चित गर्दै शुक्रवार राती १२ बजे एनआरएन अमेरिकाले सदस्यता आवेदन बन्द गर्‍यो । अन्तिम समयमा आकस्मिक बैठक बसेर पनि संस्था भित्र प्रवेश गर्न ढोका ढकढकाइरहेका सदस्यहरूलाई भित्र प्रवेश गर्न दिने पक्षमा एक जना पनि नदेखिनु अर्को विडम्बना हो । अन्तिम समयमा मात्र यस्ता काममा जुट्ने नेपालीहरूको बानीलाई सुधार्न र संस्था कब्जा गर्ने षडयन्त्र भयो भनेर आरोप लगाउनेहरूलाई पनि बोल्ने बाटो नहोस् भनेर समय नथप्ने पक्षमा कार्यसमिति कठोर बनेको उनीहरूको तर्क छ । कमजोरी भेटेपछि खोट लगाउन दाउ हेरेर बस्नेहरू पनि यसमा जिम्मेवार छन् । तर विधानत १५ दिन सदस्यता समय बढाउन सकिने ठाउँ अझै बाकी रहँदा यस्तो हठि निर्णय कुनै पनि हिसाबले संस्थाको दीर्घकालीन हितमा हुन सक्दैन ।

 

एकातिर नक्कली सदस्यता रोक्ने नाममा सदस्यता फर्म भर्ने प्रक्रिया झण्झटिलो बनाइनु, स्टेट र फेडरल आइडी मागिनु, त्यसको जाँच, निगरानी र आइटी गरी तीन तहको समिति बनाइनु अर्को तर्फ यो प्रक्रियाबाट सदस्यता नलिनुस् भनेर प्रोपोगण्डा गर्ने व्यक्ति, समूह र संस्थाहरू सक्रिय हुँदा निर्माण भएको प्रतिकुल परिस्थिति र त्यस माथि सरभरको समस्या थपिदा पनि सदस्य सङ्ख्या नौ हजारको हाराहारीमा देखिनु सामान्य होइन । सदस्यता दिने र लिने प्रक्रिया कडा गर्नु पर्छ भनेर चर्को आवाज उठाउनेहरू नै सदस्यता आवेदनमा कडाइ गर्ना साथ सदस्यता नलिनु भनेर कोलाहल मच्चाउन थाले । १०–१५ प्रतिशतलाई छोड्ने हो भने बाकी सदस्य यस पटक आफैले सदस्यता लिएका छन् । यदि नेतृत्वका लागि सबै भन्दा बढी आकाङ्क्षी देखिएका कार्यसमिति भित्रकालाई आचार संहितामा बाँधेर उम्मेदवारी घोषणा र समूह बनाएर सदस्य बनाउने दौडमा जान नरोकेको भए सदस्य सङ्ख्या २० हजार पुग्ने सहजै अनुमान गर्न सकिन्छ ।

 

एनआरएनको नेतृत्व लिन सबै हर्कत गर्ने , नसक्ने पक्ष अदालत जाने र संस्थालाई बदनाम गर्न सबै शक्ति खर्च गर्नेहरूको लडाइनमा एनआरएनलाई माया गर्ने साधारण सदस्यहरू थिचिएका छन् । गहिरिएर हेर्ने हो भने एनआरएनए अमेरिकामा सदस्यता देखि लिएर हरेक प्रकारका गलत अभ्यास, कर्म र लडाइ हुनुमा केही पात्र प्रमुख जिम्मेवार छन् । पूर्व अध्यक्ष खगेन्द्र जी सी, अध्यक्ष केशव पौडेल, गौरी जोशी, सोनाम लामा, रविना थापा, नगेन्द्र पौडेल लगायतको केही व्यक्तिको लडाइ र गलत हर्कतले एनआरएनएमा सबै जना गोलबद्ध हुन हिचकिचाइरहेका हुन् । नेपाली काँग्रेस निकट जनसम्पर्क समिति, नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी मञ्च र राप्रपा निकटका नेता र झुण्डहरुको दाउपेच र खेलकुदले पनि यो संस्थालाई थिलथिलो बनाएको छ । यी सीमित समूह र व्यक्तिका कारण आम सदस्य माथि विभिन्न खालको निगरानी र सदस्यता लिने प्रक्रियालाई भारी बनाइएको हो ।

तीनवटा शाखा गुमे, एउटा थपियो

प्रतिकुल अवस्था हुँदा हुँदै पनि सदस्यता सङ्ख्या नौ हजार पुगेका कारण यस पटक पनि एनआरएनए अमेरिका नै विश्वको सबैभन्दा ठुलो एनसीसी हुने भएको छ । अमेरिका भित्र रहेका २२ वटा शाखा मध्ये १९ वटा शाखाले सदस्यता सङ्ख्या एक सय नघाएर आफ्नो अस्तित्व जोगाएका छन् । शुक्रवार राती १२ बजेसम्म सदस्यता सङ्ख्या एक सय पु¥याउन नसकेर मिचिगन, जोर्जिया र ओहायोले शाखा गुमाएका छन् । नेपालीहरूको पातलो बस्ती रहेको केन्ससले यस पटक सदस्यता सङ्ख्या एक सय नघाएर एनआरएनमा नयाँ शाखाको रूपमा दर्ज हनु लागेको छ ।

 

भेरिफिकेशनवाट सदस्यता नम्बर धेरै तलमाथि भएन भने यस पटक एनआएन अमेरिकामा १९ शाखा हुने छन् । सदस्यता सङ्ख्याको हिसाबले यस पटक न्यूयोर्कले टेक्ससलाई उछिन्दै सबै भन्दा ठुलो शाखा बनेको छ । यस अघिको सबै भन्दा ठुलो शाखा टेक्सस सदस्य सङ्ख्याका हिसाबले यस पटक दोस्रोमा झरेको छ । नेपालीहरूको घना बस्ती रहेको क्यालिफोनियालाई उछिन्दै मेरिल्याण्ड तेस्रो ठुलो शाखा बनेको छ । इलिनोइ, कोलोराडो, कनेक्टिकट, आइओवा, इन्डियाना, म्यासाचुसेट, न्यु ह्यामसायर, न्यु मेक्सिको, ओरेगन, वासिङ्टन, नर्थ क्यारोलेना, भर्जिनिया, केन्टकी, विसकनसिन र केन्सस शाखा भएका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result