काठमाडौं । सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदाय बीच भएको विबाद बढ्दै गएपछि रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।
दुई समुदायबीच ३ फागुन भएको झडपलाई लिएर आज विवाद मिलाउनका लागि बोलाइएको सर्वपक्षीय भेलामै कुटाकुट भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। विवादमा आधा दर्जन स्थानीयबासी घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटले आज साँझ ५ बजेदेखि स्नात नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो। इशनाथ नगरपालिकाको पूर्वमा जोकाहा गाउँ पश्चिममा सानो जोकाहा गाउँ उत्तरमा रामपुरखाप दक्षिणमा सशस्त्र बेस क्याम्प र उत्तरमा जयनगर प्रहरी चौकी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-