काठमाडौ. । ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अभियन्ता शाहीलाई राप्रपामा स्वागत गर्न पाउँदा आफूलाई गौरवान्तित भएको बताए ।
अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानले जीवनमा कयौं राम्रो काम गरेको हुन सक्ने बताए । शाही र उनको समूहले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, घुस नलिइ काम नहुने अवस्थामा प्रतिवाद गरेर सामान्य नागरिकलाई सरकारी सेवामा सहजता प्रदान गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने जस्ता कयौं राम्रा काम गरेको हुन सक्ने लिङदेनको भनाइ थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-