काठमाडौं । एकदिवसीय शृङ्खला अन्तर्गत पहिलो खेलमा क्यानडा–११ ले नेपाल ‘ए’ लाई चार विकेटले पराजित गरेको छ ।
आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा नेपाल ‘ए’ले दिएको २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९.३ ओभरमा ६ विकेट गुमाएर भेटायो ।
क्यानडाको जितमा नवनितले सर्वाधिक ८० रन बनाए । उनले ७६ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । ४५–४ को नाजुक अवस्थाबाट नवनितले निखिलसँग ७५ रनको साझेदारी गर्दै क्यानडाको इनिङ सम्हालेका थिए ।
अन्तिमसम्म अविजित रहेका निखिलले ११५ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन बनाए । कप्तान साद जफरले २२ र श्रेयान्स मोभ्वाले २२ रन थपे ।







प्रतिक्रिया लेख्नुहोस्:-