Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए र जनसम्पर्कका नेताहरू टेक्ससमा

फाल्गुन १०, २०७५ ११:१९ मा प्रकाशित
एनआरएनए र जनसम्पर्कका नेताहरू टेक्ससमा
Share on FacebookShare on Twitter

अमेरिका /
एनआरएनए अमेरिकाको निर्वाचन नजिकदै गर्दा अमेरिका भित्र विभिन्न समूह र शक्ति केन्द्रहरूको रणनीतिक छलफल र भेटघाट बाक्लिदै गएको छ ।

 

पारिवारिक कार्यक्रमको निम्ता भन्दै न्यु मेक्सिकोबाट एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेल, न्यूयोर्कबाट जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदी, महाअधिवेशन प्रतिनिधि प्रमोद सिटौला, एलएबाट हेमराज भट्ट लगायतका एउटा समूहका सूत्रधारहरू टेक्सस पुगेका छन् ।

 

टेक्ससमा रहेका सोही समूहका अर्का नेता हरिबोल भण्डारी, सी पी पौडेल, थलराज पन्त,ओम भट्टराईले फेसबुकवालमा उनीहरूलाई स्वागत गरेका छन् । यही समूहको बलमा आरसीमा निर्वाचित भएका गौरी जोशी र अहिले अध्यक्षको दौडमा रहेका सोही समुहका डाक्टर अर्जुन बनजाडे पनि टेक्सस निवासी हुन् ।

 

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले दूरबिन नेपालसँगको संक्षिप्त कुराकानीमा आगामी निर्वाचनका तयारी लागि नभई पारिवारिक कार्यक्रमका लागि मात्र टेक्सस आएको बताए । सुबेदीले भने “मेम्वरसिपको काम नै टुंगिएको छैन । हतारिएर तयारी गर्दा पहिला जस्तो पछुताउनु पर्ने हुन सक्छ । त्यसैले तत्काल यस विषयमा कुनै निर्णय गर्नु राम्रो हुँदैन ।”

 

पारिवारिक कार्यक्रम भनिएपनि एनआरएनको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष सुनिल शाहको नेतृत्वका लागि टिम छनौटको विषयमा उनीहरू बिच औपचारिक र अनौपचारिक छलफल हुने धेरैको अनुमान छ ।

 

सञ्जय थापालाई धक्का

 

एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि मेम्वरसिप ड्राइभमा धेरै खटेर राम्रो सङ्ख्यामा सदस्य बनाएका सूर्य लम्साल टिम सहित मैदानमा आउने भएका छन् । लम्सालको समूह र नेपालमा कम्युनिस्ट पार्टी निकट मानिने प्रवासी मञ्च मिलेर मैदानमा जाने प्रारम्भिक तयारीमा नै तुसारापात भएको छ ।

 

लम्सालको समूह र नेपालमा कम्युनिस्ट पार्टी निकट मानिने प्रवासी मञ्च मिलेर मैदानमा जाने प्रारम्भिक तयारीमा नै तुसारापात भएको छ । लम्साल समूहका प्रभावशाली व्यक्तिहरूले सन्जाय थापालाई वरिष्ठ उपाध्यक्ष दिएर टिम बनाउन नहुने अडान लिएपछि सञ्जय थापालाई धक्का लागेको हो

 

लम्साल समूहका प्रभावशाली व्यक्तिहरूले सन्जाय थापालाई वरिष्ठ उपाध्यक्ष दिएर टिम बनाउन नहुने अडान लिएपछि सञ्जय थापालाई धक्का लागेको हो । सूर्य लम्सालले दूरबिन नेपालसँग कुरा गर्दै भने “अध्यक्षमा कोहीसँग सम्झौता हुँदैन । अरू पदका लागि सरसल्लाह हुनसक्छ । सञ्जय जी र मेरो यो विषयमा कुरा भएको छैन । उहाँसँग मिलेर जाने कुनै तयारी पनि छैन ।”

 

लम्सालले आफ्नो प्रतिस्पर्धा सुनिल साहसँग हुने बताए । “सञ्जय जीले भने जस्तो प्रवासी मञ्चको प्रभाव धेरै पर्ने देखिँदैन ।” लम्सालले भने “अहिलेसम्मको भेरिफाइड मेम्बरलाई केलाउँदा ४५ देखि ५० प्रतिशत मेरो पक्षमा आउने र मलाई सहयोग गर्ने पाएको छु । न्यूट्रल भोट यस पटक राम्रो सङ्ख्यामा छ । त्यसलाई पनि तान्ने मेरा एजेन्डा छन् ।”

 

साह पक्ष ढुक्क

 

आवेदक सदस्यहरू छानबिन समितिले टुङ्गो लगाइ नसकेको र निर्वाचनको प्रक्रिया समेत अगाडि बढी नसकेको भए पनि वरिष्ठ उपाध्यक्ष सुनिल साह पक्ष निर्वाचनको परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क देखिएको छ । बितेका दुई वर्ष धेरै च्याप्टर र नेपाली समुदायका कार्यक्रममा सहभागी भएका साह यसपटकको मेम्वरसिप ड्राइभमा सबै भन्दा बढी खटेका व्यक्ति हुन् ।

 

उनकै पहल र बलमा सदस्यता अभियानले गति लिएको दाबी गर्ने उनको समूहका कतिपयले ६० प्रतिशत भन्दा बढी मत साहको पक्षमा रहने जिकिर गरेका छन् । साहले दूरबिन नेपालसँग भने “निर्वाचनको परिणाम त मतदान पछि थाहा हुन्छ । अहिले मेरो प्रयास सबैलाई मिलाएर लाने र एनआरएनएमा सबैले जितेको महसुस गर्ने वातावरण बनाउन गर्ने प्रयास हो ।”

तस्बिर: गोविन्द कुमार श्रेष्ठको फेसबुक वालबाट

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result