काठमाडौं । नजिकिँदै गएको राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न धुम्बाराही पुगेका छन्।
राष्ट्रपति चुनावबारे सबै दलसँग छलफल गर्ने पार्टी निर्णय लगत्तै नेपालले देउवासँग छलफल गर्न धुम्बाराही पुगेका हुन्।
देउवा निवास धुम्बाराहीमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महान्त्री गगन थापासहितका नेतासँग एकीकृत समाजवादीका नेताहरुले कुराकानी गरिरहेका छन्।
समाजवादीको सचिवालय बैठक अघि नेता पौडेलले आलोकनगरस्थित पार्टी कार्यालय पुगेर अध्यक्ष नेपाललाई भेटेका थिए।
कांग्रेसले पौडेललाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाउने तयारी गरेका छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रस्ताव गरेसँगै राजनीति थप तरंगित भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-