क्यालिफोर्निया, गैर आवासिय नेपाली संघ अमेरिकाकी वोर्ड अफ डाइरेक्टर शान्ति पौड्यालले आफ्नो गीति एल्वम “दिल भित्र अड्डा जमायौ” बजारमा ल्याएकी छन् । “भ्यालेन्टाइन डे “को विशेष अवसरमा सार्वजनिक गरिएको उनको गीतमा लोकप्रिय गायक नरेन्द्र प्यासीले स्वर दिएका छन् ।
लामो समयदेखि क्यालिफोर्नियाको डेविसमा बसोवास गर्दै आएकी पौड्यालले आफ्नो पहिलो सांगीतिक कोशेलीवारे भन्छिन् -“सानैदेखि गीतसंगीतको पारखी थिए, तर पारिवारिक र अफिसको ब्यस्तताले गर्दा लेख्न भ्याएकी थिइन, शायद कल्पनामा रमाउने मान्छे भएर होला, मैले यो गीतलाई कल्पनामा नै सृजना गरेकी छु ” गीत रिलिज भएको एक हप्तामा नै निकै सकारात्मक फिडब्याक आएको सुनाउदै शान्ति भन्छिन् “मैले धेरै गीतहरु लेखेकी छु, आगामी दिनमा सार्वजनिक गर्दै जानेछु” ।







प्रतिक्रिया लेख्नुहोस्:-