काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाले नेदरल्याण्डसलाई २४ रनले हराएको छ ।
आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्याण्ड्समाथि २४ रनको जित निकाल्दै नामिबियाले ऐतिहासिक जित पाएको हो।
जितका लागि नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४३ दशमलव ३ ओभरमा १७९ रनमै अलआउट भएर पराजित भयो।
नेदरल्याण्ड्सका नूह क्रुसले अविजित रहँदै सर्वाधिक ४६ रनको योगदान गरे। म्याक्स ओ’डोटले ४१, बास डे लिडेले २४ तथा शिराज अहमदले १९ रन जोडे पनि अन्य खेलाडीले सम्झनलायकको प्रदर्शन गर्न सकेनन्।
नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नामिबियाका कप्तान जेरार्ड एरास्मस र जान फ्राइलिंकले सर्वाधिक ३र३ विकेट लिए।
त्यसअघि टस जितेर नेदरल्याण्ड्सले पहिले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङको निम्तो पाएको नामिबिया ४१ दशमलव ३ ओभरमा अलआउट हुँदै २०३ रनमा समेटिएको थियो।







प्रतिक्रिया लेख्नुहोस्:-